क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २८, २०७६
|
|
३४ पटक हेरिएको
Shares
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा

सारांश

  • तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् ।
  • क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पु¥याएका हुन् ।
  • पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको थियो ।

तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पु¥याएका हुन् ।

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा अन्य २२ जना यात्रु घाइते भएका थिए ।

घटना भएको चार दिन बितिसक्दा पनि यातायात समितिका तर्फबाट क्षतिपूर्तिका लागि पहल नभएको भन्दै पीडित परिवारले बाटो बन्द गर्दा सवारीसाधन चल्न सकेका छैनन् । बाटो अवरुद्ध हुँदा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रुहरु मर्कामा परेका छन् ।

इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले यातायात समितिका सम्बन्धित व्यक्ति आइसकेकाले क्षतिपूर्तिका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाटो सञ्चालन गर्ने विषयमा पीडित पक्षसँग पनि छलफल चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
नेपालकै उच्च नाम राखेको भन्दै विश्व उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की दुइ सस्थाबाट सम्मानित
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने  – स्वास्थ्य मन्त्री गगन थापा
२०३० सम्ममा देशलाई सुर्तिजन्य पदार्थ मुक्त देश बनाउने – स्वास्थ्य मन्त्री गगन थापा
हट्यो विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध
हट्यो विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
एमाले नेतृत्वको सरकारसँग घनिष्ठ सम्बन्ध राख्ने भारतको चाहना
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
रत्नपार्कमा दुलालको ‘काग सम्मेलन’
रत्नपार्कमा दुलालको ‘काग सम्मेलन’
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता
गोदावरी नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु, ३० बेपत्ता

तपाईंले छुटाउनुभयो कि?