माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
६३ पटक हेरिएको
Shares
माघ सात गतेभित्र संसद बैठक नबसे संविधान धरापमा पर्ने

सारांश

  • ६ पुस, काठमाण्डौ ।
  • आगामी माघ सात गतेभित्र संसद बैठक बस्न सकेन भने संविधान धरापमा पर्ने देखिएको छ ।
  • यअसघि माग सातगतेभित्र सबै तहको चुनाव गराइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको बताइए पनि उक्त मितिभित्र संसदको बैठक बस्नुपर्ने व्यवस्था रहेको कानुनविद्हरुले बताएका छन् ।

६ पुस, काठमाण्डौ । आगामी माघ सात गतेभित्र संसद बैठक बस्न सकेन भने संविधान धरापमा पर्ने देखिएको छ ।
यअसघि माग सातगतेभित्र सबै तहको चुनाव गराइसक्नुपर्ने संवैधानिक बाध्यता रहेको बताइए पनि उक्त मितिभित्र संसदको बैठक बस्नुपर्ने व्यवस्था रहेको कानुनविद्हरुले बताएका छन् ।

तर प्रमुख राजनीतिक दलहरु भने राष्ट्रियसभा गठनसम्बन्धमा विवाद झिकेर अल्झिरहेका छन् । चुनाव सम्पन्न भए पनि राष्ट्रियसभा गठन गर्ने सम्बन्धी विधेयक पारित हुन नसक्दा नयाँ सरकार गठन र संसद बैठक अन्यौलमा परेको छ ।

दलका शीर्ष नेताहरु भने एक अर्कालाई आरोप प्रत्यारोप गर्नमै व्यस्त देखिन्छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा गठन एकल संक्रमणिय मत प्रणालीबाट गर्ने गरी विधेयक बनाएर पारितका लागि राष्ट्रपतिकहाँ पेश गरेका छन् । एमालेले भने राष्ट्रियसभा गठन बहुमतिय प्रणालीबाट गर्ने व्यवस्था गर्न दबाब दिदै विधेयक पारित नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दबाब दिदै आएको छ ।

यही किचलोका कारण नयाँ सरकार संसद बैठक प्रभावित बनेको छ । दलहरुले संविधानको ख्याल नगरी विवादमै बसिरहने र माघ सात गतेभित्र संसद बैठक नबस्ने हो भने संविधान नै धरापमा पर्ने नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीको भनाई छ ।

आगामी माघ सात गतेभित्र संसद बैठक बसिसक्नुपर्ने संवैधानिक व्यवस्था भएको केशीले बताए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले दल र तिनका नेताहरु जिम्मेवार बनेर माघ सात गतेभित्र संसद बैठक बस्ने गरी सहमति गर्नुपर्नेमा जोड दिए ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचन भएको मंसिर ४ गतेकै मितिमा केन्द्र र प्रदेशको चुनाव गर्ने समझदारी बनेको थियो । माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता थियो । २०७० मंसिर ७ गते दोस्रो संविधानसभा निर्वाचन भए पनि माघ ७ गते पहिलो बैठक बसेकाले त्यसभित्र तीनै तहको चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै संविधानविद्हरुले दलहरुलाई ध्यानाकर्षण गराउँदै आएका थिए ।

तर उक्त मितिभित्र चुनाव गरेर मात्र नहुने, नयाँ संसदको बैठकसमेत बस्नुपर्ने बाध्यता भएको केसीको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब कर्मचारीको तलब गाउँपालिका, नगरपालिकाबाट
अब कर्मचारीको तलब गाउँपालिका, नगरपालिकाबाट
कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
Rajbiraj Road accidents on the rise
Rajbiraj Road accidents on the rise
गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी
गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
ढाकाबाट ५२ घन्टापछि काँकडभिट्टा, बंगलादेश–भारत–नेपाल बससेवा
ढाकाबाट ५२ घन्टापछि काँकडभिट्टा, बंगलादेश–भारत–नेपाल बससेवा
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट
अध्यक्ष ओली यूरोपेली संघ प्रतिनिधिमण्डल शिष्टाचार भेट
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
बालुवाटारमा मिसाइल खसे के हुन्छ?
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै  दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे
रामचन्द्र पौडेलले कांग्रेस बैठकमा सुरुमै दोस्रो चरणको निर्वाचनमा हारको कारण के हो ? भन्दै प्रश्न सोधे