रत्नपार्कमा दुलालको ‘काग सम्मेलन’

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रत्नपार्कमा दुलालको ‘काग सम्मेलन’

सारांश

  • काठमाडौं ।
  • आजदेखि तिहार शुरु भएको छ ।
  • तिहारको पहिलो दिन प्रत्येक वर्ष जस्तै कार्तिक कृष्ण त्रयोदशीको पहिलो काग तिहारको दिन आज काग सम्मेलन भएको छ ।

काठमाडौं । आजदेखि तिहार शुरु भएको छ । तिहारको पहिलो दिन प्रत्येक वर्ष जस्तै कार्तिक कृष्ण त्रयोदशीको पहिलो काग तिहारको दिन आज काग सम्मेलन भएको छ ।

धेरै चरा र जनावरको आवाज निकाल्ने रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा करीब ३ सय काग बोलाएर १५ औँ काग सम्मेलन गरेका छन् ।

राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा १ सय ७३ जीव जनावर तथा चराचुरुगीको आवाज निकाल्ने इलामका दुलालले विगत १४ वर्षदेखि काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।

संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउसमेत गरेका थिए । उनले भारतले नेपालमा नाकाबन्दी गर्दा भारतीय राजदूतावास ढोका अगाडि काग बोलाएर विरोध समेत गरेको आजको काग सम्मेलनमा सम्झिए ।

दुलालले मुखबाटै मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विकास बजेट कटौती नगरियोस्’
‘विकास बजेट कटौती नगरियोस्’
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
अमेरिकाको अलस्कामा २ महिनासम्म अन्धकार छाउने
छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना
छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा
“सानातिना विस्फोटका घटनाबाट सरकार विचलित हुँदैन ।” – प्रधानमन्त्री देउवा
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
रौतहट क्षेत्र नम्बर ३ मा प्रभु साहको अग्रता कायम
धादिङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?