सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २१, २०७९
|
|
४० पटक हेरिएको
Shares
सिमकार्ड हराएमा र बिग्रिएमा स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध

सारांश

  • काठमाडौँ ।
  • नेपाल टेलिकमले सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिम कार्ड हराएको र बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध गरेको छ ।
  • प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैङ्किङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध गरेको हो ।

काठमाडौँ । नेपाल टेलिकमले सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिम कार्ड हराएको र बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध गरेको छ ।

प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्याङ्क, बैङ्किङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न अनुरोध गरेको हो ।

त्यस्तो अवस्थामा प्रयोगकर्ताको मोबाइल बैङ्किङको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिमलगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको भनाइ छ ।

त्यसका साथै मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पुर्‍याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको टेलिकमको भनाइ छ ।

आफूले प्रयोग गरिरहेको र गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा सम्पूर्ण कार्य सुरक्षित ढङ्गले सम्पन्न गर्न सकिने अवस्था रहेको छ । मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबारलगायत संवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकामा समय क्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ ।

टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टु फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याइदिन पनि टेलिकमले अनुरोध गरेको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    gate.io

    I may need your help. I’ve been doing research on gate io recently, and I’ve tried a lot of different things. Later, I read your article, and I think your way of writing has given me some innovative ideas, thank you very much.

    Comment Author

    registrace na binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    Comment Author

    binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/si-LK/register?ref=V2H9AFPY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
पृथ्वी जयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
उपराष्ट्रपति पुनले भने: खेलकुदलाई प्राथमिकतामा राख्नुस्
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
यस्तो भयो पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रबीच समझदारी
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
भारतद्वारा विवादित क्षेत्रमा सडक निर्माण स्थगन !
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
खाने तेल उद्योगको बदमासी : यी हुन लिटर मै ८ रुपैया बढाउने तेल उद्योग
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने
राष्ट्रपतिबाट विधेयक पास भएमा कांग्रेसका यी तीन नेताको भाग्य चम्किने