सापकोटामाथि कुनै मुद्दा छैन : दाहाल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सापकोटामाथि कुनै मुद्दा छैन : दाहाल

सारांश

  • पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ ।
  • आज यहाँ पत्रकारहरुसँग उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनुभयो ।
  • प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग उहाँले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताउनुभयो ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गर्नुभएका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भन्नुभयो, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको भन्दै उहाँले थप्नुभयो, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”

दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताउनुभयो । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराख्नुभएको भन्दै दाहालले प्रश्न गर्नुभयो, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।” प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उहाँले बताउनुभयो । दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै यहाँ आउनुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
किन भयाे प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित ?
किन भयाे प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित ?
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
कर्णाली सरकारको एक वर्ष : जनशक्ति व्यवस्थापनदेखि समृद्धि परियोजना निर्माण
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने
कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन
कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन
जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ
जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’
चोरले सटर फोर्न नसकेपछि चिठी लेखे ‘दाजु मजबुरीले हो माफ गरिदिनु’

तपाईंले छुटाउनुभयो कि?