“मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्मा मन्त्रीको कुर्सीमा विराजमान
सारांश
- अस्बिन खड्का उदयपुर, १० साउन ।
- फरार अभियुक्तको सूचीमा रहेका अभिराम शर्मा प्रदेश नं.
- २ को मन्त्रीको कुर्सीमा विराजमान भएका छन् ।
अस्बिन खड्का
उदयपुर, १० साउन । फरार अभियुक्तको सूचीमा रहेका अभिराम शर्मा प्रदेश नं. २ को मन्त्रीको कुर्सीमा विराजमान भएका छन् । उनलाई मुख्यमन्त्री लालबाबु राउतले बुधवार सामाजिक विकास राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
मधेस आन्दोलनका क्रममा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा घाइते भएका प्रहरी सहायक निरीक्षक थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदै गर्दा बाटामै रोकी एम्बुलेन्सबाट निकालेर हत्या गरेको आरोप शर्मामाथि लागेको थियो । अभियोग लागेकै समयमा शर्मा प्रदेश सांसद बनेका थिए ।
महोत्तरी जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिए पनि पक्राउ गर्न सकेको थिएन । प्रहरीले भने, “फरार अभियुक्तको सूची”मा राखेर उनको खोजी गरिरहेको थियो । शर्मालाई राज्यमन्त्रीमा पार्टीले सिफारिस गरेको थियो । प्रहरीको “मोस्ट वाण्टेड”को सूचीमा रहेका शर्माले शपथग्रहण गरिरहँदा बाहिर भने नेता तथा कार्यक्रताले विरोध गरेका थिए ।
Madhav Neupane
Yes to enter kahile samma
Shiva Chhetri
100% kanun navayako hamro desh
Bishnu Lal Thakali
Chor lai chautaree,sadhulai salee.
Dipendra Singh
Jail halne bekti lae mantri ko kursi
Kc Giban Udayapur
अाम नेपाली जन्ताले कसरी अाफ्नाे शान्ति सुरक्षा र शुब्यबस्थित पाउलान्त ।