कोरोना कोषमा एनसेलको १० करोड सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १२, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कोरोना कोषमा एनसेलको १० करोड सहयोग

सारांश

  • सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ ।
  • यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।
  • एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा एनसेल प्राइभेट लिमिटेडले १० करोड रुपैयाँ योगदान गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले मंगलबार प्रधानमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नारायणप्रसाद बिँडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका छन् ।

“सिंगो विश्व कोभिड–१९ विरुद्ध लडिरहँदा नेपाल पनि एकजुट भएर यो संक्रमणसँग जुधिरहेको छ । कोभिड–१९ बाट हरेक नागरिकलाई जोगाउनुका साथै सम्भावित संक्रमणको उपचारका लागि हामीले सम्पूर्ण ध्यान केन्द्रित गरेका छौं । सरकारको यो सत्प्रयासमा एनसेलजस्तो निजी क्षेत्रको ठूलो सेवाप्रदायकले गरेको योगदान सराहनीय छ । यो सहयोगले तात्कालिक सेवा प्रवाहमा ठूलो भूमिका खेल्नेछ” प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव नारायणप्रसाद बिँडारीले भने ।

“एनसेल सधैं जिम्मेवार कर्पोरेट नागरिकको रूपमा रहिआएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेलले सरकारको कोभिड–१९ कोषमा गरेको रु. १० करोड सहयोग यसकै निरन्तरता हो । यो सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई कोभिड–१९ विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छौं । हामी विश्वस्त छौं, यो हाम्रो योगदानले कोभिड–१९ रोकथामका लागि स्वाथ्यकर्मीहरूलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरुको खरिदमा सरकारलाई सहयोग हुनेछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

यस अप्रत्याशित अवस्थामा आफ्ना ग्राहकका लागि सेवा सुनिश्चित गर्न र सबैलाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गर्न एनसेल प्रयासरत छ । अत्यावश्यक सेवाप्रदायक र जिम्मेवार कर्पोरेट नागरिकको नाताले हामी नेपालभरका लाखौं ग्राहक, साझेदार र कर्मचारीको सुस्वास्थ्य सुनिश्चित गर्न प्रतिबद्घ छौं । यस कठिन परिस्थितिमा सबै नागरिकलाई स्वच्छ÷स्वस्थ रहन र भौतिक दूरी कायम राख्न आग्रह गर्दछौं ।

यस चुनौतीपूर्ण घडीमा सेवाग्राहीहरूले देखाउनुभएको धैर्यको हामी कदर गर्छौं । उहाँहरूलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रभावकारी रूपमा प्रदान गर्न हामी प्रयत्नरत छौं ।

स्थापनाकालदेखि एनसेलले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग पु¥याउँदै रु ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन तथा राहतजस्ता क्षेत्रमा एनसेलले योगदान पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार
एसीसी यू-१९ एशिया कपका लागि दुई नयाँ अनुहार
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
सभापति लामिछानेले भने : संसद्लाई बन्धक बनाउन मिल्दैन
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
रक्तचन्दनसहित दुई जना पक्राउ
रक्तचन्दनसहित दुई जना पक्राउ