किन भयाे प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
४३ पटक हेरिएको
Shares
किन भयाे प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित ?

सारांश

  • काठमाडाै, १ असार ।
  • नायक प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित भएको छ ।
  • रोजी महर्जनका परिवार र फिल्म युनिटबिच कुरा नमिलेसम्म चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलको रोहवरमा छायाँकन स्थगन गर्ने सहमती भएको हो ।

काठमाडाै, १ असार । नायक प्रदीप खड्का स्टारर फिल्म ‘रोजी’को छायाँकन स्थगित भएको छ ।

रोजी महर्जनका परिवार र फिल्म युनिटबिच कुरा नमिलेसम्म चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेलको रोहवरमा छायाँकन स्थगन गर्ने सहमती भएको हो ।

निरक पौडेल निर्देशित फिल्म ‘रोजी’ महर्जनको हत्यासँग सम्बन्धीत रहेको समाचार प्रकाशित हुन थालेपछि परिवारको ध्यानाकर्षण भएको थियो । यसबिच उनीहरुले विकास वोर्डसँग फिल्म रोक्न पटक पटक आग्रह गरेका थिए ।

सोहीकारण वोर्ड अध्यक्ष पौडेल रोजीको सुटिंग रोक्न बाध्य भएकी हुन् । स्मरण रहोस् निर्देशक निरक अध्यक्ष पौडेलका सहोदर भाई हुन् । रोजीको सन् २०११ अगष्टमा आफ्नै प्रेमीले हत्या गरेका थिए ।

चलचीत्रमा  प्रदिपकाे साथमा परमिता राणा र मिरुना मगरकाे मुख्य भूमिका रहेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?