चार हजार धरौटी तिरेर आस्था राउत रिहा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
३७ पटक हेरिएको
Shares
चार हजार धरौटी तिरेर आस्था राउत रिहा

सारांश

  • काठमाडौंं, १४ माघ ।
  • प्रहरी हिरासतमा रहेकी चर्चित गायिका आस्था राउत रिहा भएकी छिन् ।
  • उनी चार हजार धरौटीमा रिहा भएकी हुन्।

काठमाडौंं, १४ माघ । प्रहरी हिरासतमा रहेकी चर्चित गायिका आस्था राउत रिहा भएकी छिन् । उनी चार हजार धरौटीमा रिहा भएकी हुन्।

उनीमाथि दर्ता गरिएको अभियोग पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले चार हजार धरौटीमा छाड्न आदेश दिएको हो। गायिका राउतमाथि त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो। महिला प्रहरी जवान श्रेष्ठले जाहेरी दिएपछि राउतविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।

उनी नेपाल बाहिर रहेकोले उनलाई प्रहरीले फरार सुचीमा राखेको थियो । उनी हिजोमात्रै नेपाल आएकी थिईन् । काठमाडौं आएलगत्तै उनी आफ्ना मामा र काकाको साथमा प्रहरीकहाँ पुगेकी थिईन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?