कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
कर्जन्हा नगरपालिकाको कार्यालयमा आगलागी, मेयरले आगजनी गराएको भन्दै चक्काजाम

सारांश

  • अस्बिन खड्का उदयपुर, २७ असार ।
  • कर्जन्हा नगरपालिका वडा नं.
  • ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समूहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर, केही कागजात लगायतका सामानहरुमा क्षति भएको छ ।

अस्बिन खड्का

उदयपुर, २७ असार । कर्जन्हा नगरपालिका वडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समूहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर, केही कागजात लगायतका सामानहरुमा क्षति भएको छ । सो नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको भन्दै स्थानीयले चक्काजाम गरेका छन् ।

नगरपालिकाको साबिक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानीयहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्दा दिएका थिए । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानीयले बताए । मेयर गंगा पासवानले आफ्नो स्वार्थका लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानीयहरुले पूर्वपश्चिम लोकमार्गको बस्तीपुर मिर्चैया सडकखण्डको बगहामा चक्काजाम समेत गरेका छन् ।

कार्यालयमा आगजनी गर्ने समूहलाई पक्राउ गरी कारवाही गनुपर्ने माग गर्दै आज करीब बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिएको स्थानीय हरि यादवले जनाएका छन् । मेयर पासवानलाई बोलाई छलफल गर्ने सहमतिपश्चात चक्काजाम खोलिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक कैलाश चौधरीले बताए । कर्जन्हा नगरपालिकामा पहिलादेखि नै केन्द्रको विषयमा विवाद हुँदै आएको छ । आगजनीले नगरपालिकाको कामकाज ठप्प भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरिया मल भित्रन थाल्यो
युरिया मल भित्रन थाल्यो
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा
वीर अस्पताल सेवा अायोगका सचिव र रेडियोग्राफरलाई भ्रष्टाचार मुद्दा
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
चिकित्सक ली वेनलियाङको मृत्युबारे छानविन गर्न एक टोली वुहान पठाउने चीनको निर्णय
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा
‘अध्यागमन बारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस्’- गृहमन्त्री थापा
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने  तयारी  !
वाम गठबन्धनलाई बदनाम गर्ने कांग्रेस रणनीतिःमाओवादी मन्त्री हटाउने तयारी !
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस
ब्राजिलबाट चीनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरस

तपाईंले छुटाउनुभयो कि?