मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
१८ पटक हेरिएको
Shares
मृगौला प्रत्यारोपण गर्छु अनि ढुक्कले अझै ३ वर्ष सरकार चलाउँछुः ओली

सारांश

  • मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको बताए ।
  • डायलासिस गरिरहनुभन्दा ट्रान्सप्लान्ट गर्दा नै उचित हुने सल्लाह चिकित्सकहरुले दिएपछि प्रत्यारोपण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाई छ ।
  • ‘अझै बलियो भई ३ वर्ष सरकार चलाउन र काम गर्नका लागि पनि मृगौला प्रत्यारोपण गर्न लागेको हुँ’ प्रधानमन्त्रीले भने ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको बताए । डायलासिस गरिरहनुभन्दा ट्रान्सप्लान्ट गर्दा नै उचित हुने सल्लाह चिकित्सकहरुले दिएपछि प्रत्यारोपण गर्न लागिएको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘अझै बलियो भई ३ वर्ष सरकार चलाउन र काम गर्नका लागि पनि मृगौला प्रत्यारोपण गर्न लागेको हुँ’ प्रधानमन्त्रीले भने । करिब १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि पछिल्ला दिनहरुमा प्रधानमन्त्री अस्वस्थ रहँदै आएका छन् भने उनको नियमित डायलासिस गरिराखिएको छ ।

सरकार तलमाथि नहुने र अबको ३ वर्ष आफु नै प्रधानमन्त्री हुनेमा विश्वस्त हुन उनले आग्रह गरे ।

उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ कै प्रस्तावअनुसार पहिलाको आलोपालो प्रधानमन्त्री हुने सहमति छोडेर पाँच वर्ष आफू नै प्रधानमन्त्री हुने निर्णय गरेको बताए ।

उनले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अहिलेसम्म एकतावद्ध भएर गएको र भविष्यमा एक हुने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?