पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
३१ पटक हेरिएको
Shares
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम

सारांश

  • पाल्पा रामपुरमा केही समयमा मतगणना हुँदै काठमाडौं, असार १५ – पाल्पाको रामपुर नगरपालिकामा केही बेरमा मतगणना सुरु हुने भएको छ ।
  • अहिले सर्वदलीय बैठक बसिरहेको र केही बेरमा सहमतिपश्चात मतगणना सुरु हुने भएको छ ।
  • कञ्चनपुरको पछिल्लो परिणाम, ४ स्थानीय तहमा एमाले, २ मा कांग्रेस र १ मा माओवादी अघि कञ्चनपुर, असार १५ – दोस्रो चरण अन्र्तगत भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेको अग्रता देखिएको छ ।
पाल्पा रामपुरमा केही समयमा मतगणना हुँदै
काठमाडौं, असार १५ – पाल्पाको रामपुर नगरपालिकामा केही बेरमा मतगणना सुरु हुने भएको छ । अहिले सर्वदलीय बैठक बसिरहेको र केही बेरमा सहमतिपश्चात मतगणना सुरु हुने भएको छ ।
कञ्चनपुरको पछिल्लो परिणाम, ४ स्थानीय तहमा एमाले, २ मा कांग्रेस र १ मा माओवादी अघि

कञ्चनपुर, असार १५ – दोस्रो चरण अन्र्तगत भएको स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा नेकपा एमालेको अग्रता देखिएको छ । २ वटा गाउँपालिका र ७ नगरपालिका रहेको कञ्चनपुरमा ४ स्थानीय तहमा एमालेको अग्रता देखिएको छ।

कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र बेदकोट नगरपालिकामा एमालेले अग्रता लिएको छ । महाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा भने नेपाली कांग्रेसको अग्रता रहेको छ । यस्तै, लालझाडी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । यस्तै, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकामा ढिलो मतगणना सुरु भएकाले मत परिणाम आउन सकेको छैन ।

कृष्णपुर नगरपालिकामा मेयरमा खसेको मत मध्ये एमालेका कृष्णबहादुर हमालले ८५ र कांगे्रसका हेमराज ओझाले ५५ मत मत प्राप्त गर्नुभएको छ । त्यस्तै, पुनर्वास नगरपालिकामा मेयरमा एमालेका जीवनराज थापाले ३८३ र काँग्रेसका तोया प्रसाद शर्माले २५६, बेल्डाँडी गाउपालिकामा एमालेका धनबहादुर थापाले १६३ मत र काँग्रेसका चन्द्र बहादुर सिंहले १२१ मत प्राप्त गर्नुभएको छ । बेदकोट नगरपालिकामा एमालेका अशोक कुमार चन्दले २१३ र कांग्रेसका भोजराज बोहराले १६३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, महाकाली नगरपालिकामा कांगे्रसका वीरबहादुर सुनारले ५४४, एमालेका किशोर लिम्बुले ४१८ र भीमदत्त नगरपालिकामा कांग्रेसका पदम बोगटीले १४०, एमालेका सुरेन्द्र विष्टले १२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, लालझाडी गाउँपालिकामा माओवादीका मदन सेन बडायरको २३५ र एमालेका निर्मल रानाले २०५ मत प्राप्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिका विवाद मिल्यो, मतगणना सुरु

विराटनगर, असार १५ – विवाद भएपछि सुरु हुन नसकेको विराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ ।

प्रतिनिधि राख्ने विषयमा कुरा बाझिएको थियो । प्रतिनिधि राख्ने विषयमा दलहरुले बढी राख्न खोजेको र निर्वाचन कार्यालयले कम राख्न खोज्दा कुरा मिलेको थिएन ।  निर्वाचन कार्यालयले मेयर र उपमेयरको लागि एक एक जना र अन्य दुई जना प्रतिनिधि मत गणना स्थलमा राख्ने विषयमा सहमति भएपछि गणना सुरु भएको हो ।

मतगणना ४ बजे नै सुरु गर्ने भनिए पनि मतपेटिकाको मुचुल्का नभेटिँदा समस्या भएको थियो । निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको समयमा मुचुल्का खोज्ने सहमति बनेपछि दलहरुले मत गन्न सहमति जनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?