स्थानीय चुनावमा एमाले पहिलो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
स्थानीय चुनावमा एमाले पहिलो

सारांश

  • काठमाडौं, असोज ८ – स्थानीय तहको चुनावमा एमाले पहिलो दल हुने निश्चित भएको छ ।
  • २०७० सालमा भएको संविधानसभा चुनावमा दोस्रो दल बनेको एमाले स्थानीय चुनावमा पहिलो दलको रुपमा स्थापित हुन लागेको हो ।
  • दुई नम्बर प्रदेशका एकसय ३६ तहमध्ये केहीको अन्तिम परिणाम आउन बाँकी रहेपनि एमाले समग्रमा पहिलो दल बन्ने निश्चित भएको छ ।

काठमाडौं, असोज ८ – स्थानीय तहको चुनावमा एमाले पहिलो दल हुने निश्चित भएको छ । २०७० सालमा भएको संविधानसभा चुनावमा दोस्रो दल बनेको एमाले स्थानीय चुनावमा पहिलो दलको रुपमा स्थापित हुन लागेको हो ।

दुई नम्बर प्रदेशका एकसय ३६ तहमध्ये केहीको अन्तिम परिणाम आउन बाँकी रहेपनि एमाले समग्रमा पहिलो दल बन्ने निश्चित भएको छ । २ नम्बर प्रदेशमा चाहिँ एमाले पाँचौ दल बन्ने सम्भावना छ ।

६ वटा प्रदेशमा दुईसय ७५ स्थान जितेको एमालेले केही ठाउँको परिणाम आउन बाँकी रहँदा दुई नम्बर प्रदेशमा १९ स्थान जित्ने निश्चित भएको छ । योसँगै एमालेले ७ सय ५३ तहमध्ये दुईसय ९५ ठाउँमा जित हात पारेर पहिलो दल बन्ने भएको छ ।

यस्तै स्थानीय चुनावमा नेपाली कांग्रेस दोस्रो दल बन्ने भएको छ । ६ वटा प्रदेशमा दुईसय २६ ठाउँमा जितेको कांग्रेसले दुई नम्बर प्रदेशमा ३९ स्थानमा जित हात पार्ने लगभग पक्कापक्की छ ।

स्थानीय चुनावमा तेस्रो दल नेकपा माओवादी केन्द्र हुने भएको छ । दुई नम्बर प्रदेशमा उसले २० स्थान जितिसकेको छ । यो संख्या अझै बढ्ने देखिन्छ । यसअघि ६ वटा प्रदेशमा ८४ स्थान जितिसकेको माओवादीले समग्रमा एक सय ६ तह सिट जित्ने निश्चित जस्तै छ । स्थानीय चुनावमा चौथो ठूलो दलका रुपमा संघीय समाजावादी फोरम उदाउँदै छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Amar Ghotane

    पहिलो भएर के खुत्याउने हो त?त्यही उखान सुनाउने भ्रस्टाचार गर्ने त्यति त होला नि!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?