हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २१, २०७६
|
|
२७ पटक हेरिएको
Shares
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते

सारांश

  • काठमाडौँ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले महायानी बौद्ध धर्मावलम्वीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चाड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा “लोसार गुथुक साँझ” आयोजना गर्ने भएको छ ।
  • काठमाडौँको चुच्चेपाटीस्थित हायत चौरमा हुने कार्यक्रममा अघिल्ला वर्षहरुजस्तै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताए ।
  • कार्यक्रम फागुन १० र ११ गते हुँदैछ ।

काठमाडौँ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले महायानी बौद्ध धर्मावलम्वीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चाड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा “लोसार गुथुक साँझ” आयोजना गर्ने भएको छ । काठमाडौँको चुच्चेपाटीस्थित हायत चौरमा हुने कार्यक्रममा अघिल्ला वर्षहरुजस्तै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने संस्थाका अध्यक्ष छिरिङ शेर्पाले बताए । कार्यक्रम फागुन १० र ११ गते हुँदैछ ।

लोसार साँझमा लाक्पा शेर्पा, रोज मोक्तान, गम्बु शेर्पा, एपी शेर्पा, डिजे तेञ्जिङ लगायतका चर्चित कलाकारको प्रस्तुति पनि रहनेछ ।

यो वर्ष पनि पनि “बलयुल गी युलकोर टोछाम यरग्ये तोङगु तङ युलकोर टोछाम गी तकोर लो २०२० (ङितोङ ङिश्यु) थोग्ल श्यर्पी चिछोग की लेगेन” अर्थात् नेपालको पर्यटन विकास तथा पर्यटकीय भ्रमण वर्ष २०२०मा शेर्पा समुदायको भूमिका शीर्षकमा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने अध्यक्ष शेर्पाले जानकारी दिए । कार्यक्रममा अग्रज हास्यव्यंग्य कलाकार साम्दे शेर्पा राष्ट्रिय पुरस्कार पनि प्रदान गरिने बताइएको छ ।

लोसार गुथुक साँझले विभिन्न जिल्लाबाट काठमाडौँ आइ बसोबास गरिरहेका शेर्पा समुदायबीच आपसी मैत्रीभाव कायम गर्ने र शेर्पा कलासंस्कृतिको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने अध्यक्ष छिरिङ शेर्पाले विश्वास व्यक्त गरे ।

शेर्पा भाषा, संस्कृति र रितिरिवाजको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ ।

ग्याल्पो लोसार कार्यक्रमको तालिकाः
– २०७६ साल फागुन १० गते लोसार गुथुक साँझ तथा साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिताको साथमा बृहत साँस्कृतिक कार्यक्रम ।

– २०७६ फागुन ११ गते साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार तथा प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण, साथै बृहत साँस्कृतिक कार्यक्रम तथा डिजे सेसन नेपालको पहिलो डिजे स् तेन्जिङ शेर्पाको साथमा प्रत्येक दिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?