पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा

सारांश

  • काठमाडौँ, ९ पुस ।
  • सरकारी चिकित्सक पाँच बुँदे माग अघि सार्दै आन्दोलित भएका छन् ।
  • उनीहरुले सोमवार विहान १ घण्टा वीर अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए ।

काठमाडौँ, ९ पुस । सरकारी चिकित्सक पाँच बुँदे माग अघि सार्दै आन्दोलित भएका छन् । उनीहरुले सोमवार विहान १ घण्टा वीर अस्पताल परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए ।

सरकारी चिकित्सक संघ नेपाल गोदानको अगुवाईमा भएको विरोध प्रदर्शन कार्यक्रममा उपत्यकाका विभिन्न सरकारी अस्पतालमा कार्यरत र बाहिरबाट आएका करीर २५० जना चिकित्सकको सहभागीता थियो । उनीहरुले समायोजन अध्यादेश, स्वास्थ्य सचिव नियुक्ति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति नियुक्ति, स्वास्थ्य प्रतिष्ठान तथा चिकित्सकका सेवा सुविधा लगायतका मागहरु राखेका छन् ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले सरकारकै रबैयाले चिकित्सकहरु आन्दोलनमा उत्रिन परेको बताए । उनले चिकित्सकलाई सुविधा राम्रो नदिने तर काम उत्कृष्ट खोज्ने गरेको आरोप समेत लगाए । लामो समय देखि चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान उपकुलपति विहीन भईरहेको र न्याम्स बाहिरबाट उपकुलपति ल्याउन लागिएको भन्दै त्यसमा समेत विरोध रहेको बताए ।

कार्यक्रममा राष्टिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेल, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा ढुण्डी पौडेल, बरिष्ठ चिकित्सक डा केदार सेन्चुरी, बरिष्ठ चिकित्सक डा श्रीकृष्ण गिरी लगायतले बोलेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
न्यायाधीश सम्मेलन : न्यायाधीश आचरणदेखि जनआस्था बढाउन छलफल हुने
ट्याक्टर ठोक्किंदा एकको मृत्यु, एक घाइते
ट्याक्टर ठोक्किंदा एकको मृत्यु, एक घाइते
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !
हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
भाइबर आउटको न्यून अन्तर्राष्ट्रिय कल शुल्क नेपालमा लागू
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
महामन्त्री ढकालबारे उपसभापति अर्यालः पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
अमेरिकाले नेपाली शरणार्थीलाई अब शरण नदिने
अमेरिकाले नेपाली शरणार्थीलाई अब शरण नदिने

तपाईंले छुटाउनुभयो कि?