चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
३५ पटक हेरिएको
Shares
चौकीडाँडामा नौ करोडको लगानीमा खानेपानी

सारांश

  • काठमाडौँ।
  • भरतपुर महानगरपालिका–२९  नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ ।
  • योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् ।

काठमाडौँ। भरतपुर महानगरपालिका–२९  नौ करोडको लागतमा खानेपानी योजना सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि यहाँका तीन सय ५० परिवार लाभान्वित भएका छन् ।

सङ्घीय सरकार र प्रदेश सरकारको रु पाँच करोड ९५ लाख, भरतपुर महानगरको रु एक करोड ७५ लाख तथा स्थानीयको रु ६२ लाख बराबरको श्रमदानबाट खानेपानी योजना निर्माण भएको हो । पाँच वर्षपछि उक्त योजना सम्पन्न भएको हो । योजना सञ्चालनमा आएपछि लामीडाँडा, थाम डाँडा, लामा गाउँ, कमलपुर, ढुङ्ग्रे, चिप्लेटी, तल्लो चिप्लेटी, आरुबोटे र सतीडाँडाका बासिन्दा लाभान्वित भएका छन् ।

स्थानीय सुशीला गुरुङले आधा घन्टाभन्दा बढी हिँडेर खानेपानी ल्याउनुपर्ने बाध्यता हटेको बताए । भोर्ले खोलाभन्दा माथिको गुण्डा खाालाबाट पानी ल्याउनुपर्ने बाध्यता आयोजना सञ्चालनमा आएसँगै हटेको छ । योजनाका सचिव केशव ढकालले भने, “बोत्तलमा पानी थापेर ल्याउनुपर्ने बाध्यता अब हटेको छ ।”

आयोजनाअन्तर्गत एउटा मुहान रहेको छ भने ८० लाख लिटरको कलेक्सन ट्याङ्की छ । थामडाँडामा दुई लाख लिटरको वितरण ट्याङ्की निर्माण गरिएको छ । वडाध्यक्ष सूर्यबहादुर गुरुङले महानगरपालिकाको एक मात्र पहाडी क्षेत्रमा सधैँको खानेपानी समस्या समाधान भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गजल (म सँग के थिएन)
गजल (म सँग के थिएन)
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
राष्ट्रपति र राजपाका नेताहरुबिच छलफल, अध्यादेशका लागि दलीय सहमति नचाहिने नेताहरुको सुझाब
घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?
घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजेलको के भयो ?
ऐन कसिलो नहुँदा सिक्काको दुरुपयोग बढ्दाे !
ऐन कसिलो नहुँदा सिक्काको दुरुपयोग बढ्दाे !
क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
क्याम्पस प्रमुखको राजीनामा मागसहित अनिश्चितकालीन तालाबन्दी
मोटरसाइकल दुर्घटनामा बाबुछोराको ज्यान गयो
मोटरसाइकल दुर्घटनामा बाबुछोराको ज्यान गयो
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे
डिएसपी २ लाख घुस लिँदालिँदै यसरी पक्राउ परे
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न  सक्दैन्: पहारी
लुकेर ८/१० जनाले ढुंगा हान्दैमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न सक्दैन्: पहारी

तपाईंले छुटाउनुभयो कि?