नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् ।
  • विभागहरू क्रियाशील भएर आआफ्नो काम थालनी गरिसकेका छन् ।

काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन् । विभागहरू क्रियाशील भएर आआफ्नो काम थालनी गरिसकेका छन् । त्यसमध्येका सङ्गठन विभाग केन्द्रीय कमिटीको बैठक सकिएको भोलिपल्ट नै बैठक बसेर आफ्ना काम सुरु गरिसकेको छ ।
विभिन्न प्रदेश तथा जिल्लामा देखिएका विवाद समाधान गर्न विभागलाई सक्रिय गरिएको छ ।

त्यसका लागि विभागका प्रमुख वामदेव गौतम स्वयं आफैँ सक्रिय भएका छन् । केन्द्रीय कमिटीले प्रदेश, जिल्ला तथा पालिकामा पार्टीभित्र देखिएका विवाद मिलाउने जिम्मेवारी सङ्गठन विभागलाई दिएको छ । जिम्मेवारी पाउने बित्तिकै त्यसका लागि कामहरू सुरु भएको जानकारी दिइएको छ । पार्टी एकताको विषयमा तल्लो तहमा केही ठाउँमा विवाद देखिएको छ ।

त्यसलाई समाधान गर्न विभाग योजनाबद्ध तरिकाबाट अगाडि बढ्ने निर्णय गरेको विभागका सदस्य हरिराज अधिकारीले बताए ।पार्टी सदस्यको सदस्यता नवीकरणदेखि प्रक्रिया कसरी चाँडै टुङ्गो लगाउने विषयमा छलफल भएको उनले बताएका छन् । प्रदेश, जिल्ला, पालिकाहरूको देखिएको विवाद समाधान गर्न तत्कालै विभागको काम थाल्ने र त्यसको सुरुआत प्रदेश २ बाट हुने बताइएको छ ।

एकीकरणको विषयलाई लिएर सबभन्दा बढी विवाद प्रदेश २ मै छ । केही जिल्लामा शपथग्रहणसमेत भएको छैन । प्रदेश २ मा देखिएको विवादलाई लिएर पार्टीमा उजुरीसमेत परेको छ । सोही उजुरीका आधारमा त्यहाँको विवादलाई विभागले समाधान गर्ने सदस्य अधिकारीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथा ८८४८.८६ मिटर अग्लो
सगरमाथा ८८४८.८६ मिटर अग्लो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
जेठ १५ गते शनिवारको राशिफल यस्तो छ
जेठ १५ गते शनिवारको राशिफल यस्तो छ
फोरमका कारण सरकारले पूर्णता पाउन सकेन, कुरा सीमा हेरफेरमा अल्झियो
फोरमका कारण सरकारले पूर्णता पाउन सकेन, कुरा सीमा हेरफेरमा अल्झियो
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?
नेपाली सेनाका १४ महासेनानीको सरुवा, को–कहाँ पुगे ?
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
खाडीमै बिते लीलमती र भक्तबहादुरका तीन छोरा: रित्तियो काख
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
साेमबारदेखि बन्द हुँदै सशुल्क विदेशी च्यानल
मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीनजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?