टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
सारांश
- श्रावण १५, २०७४- टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर बनेका छन्।
- दक्षिण अफ्रिकाविरूद्धको तेस्रो टेस्टमा उनले शनिबार ५७ रन खर्चेर ५ विकेट लिए।
- दक्षिण अफ्रिकालाई १ सय ७५ रनमा रोक्न मिडलसेक्सका सिमरको यही प्रदर्शन महत्त्वपूर्ण बन्यो।
श्रावण १५, २०७४- टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर बनेका छन्। दक्षिण अफ्रिकाविरूद्धको तेस्रो टेस्टमा उनले शनिबार ५७ रन खर्चेर ५ विकेट लिए।
दक्षिण अफ्रिकालाई १ सय ७५ रनमा रोक्न मिडलसेक्सका सिमरको यही प्रदर्शन महत्त्वपूर्ण बन्यो। आफ्नो पहिलो टेस्ट इनिङ्समै ५ विकेट लिने इङलिस बलरमा मिडलसेक्सका अर्का सिमर रिचर्ड जोन्सन पनि छन्। उनले नै रोलान्ड–जोन्सलाई काउन्टी च्याम्पियनसिपमा प्रशिक्षण दिइरहेका छन्। जोन्सनले सन् २००३ मा जिम्बावेविरुद्ध चेस्टर–ले–स्ट्रिटमा ३३ रन खर्चेर ६ विकेट लिएका थिए।
हाल रोलान्ड–जोन्ससँगै इङल्यान्डको टिमबाट खेलिरहेका जेम्स एन्डरसनले जिम्बावेविरुद्ध नै लर्डसमा ७३ रन खर्चेर ५ विकेट लिएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया