कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कांग्रेसका युवा नेताहरूको यस्तो माग, देउवा परे धर्मसंकटमा

सारांश

  • काठमाडौं, पुस १७  ।
  • नेपाली कांग्रेसका युवा नेताहरूले केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन् ।
  • वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर उनीहरूले केन्द्रीय समिति र महासमिति बैठकको माग गरेका हो ।

काठमाडौं, पुस १७  । नेपाली कांग्रेसका युवा नेताहरूले केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन् । वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर उनीहरूले केन्द्रीय समिति र महासमिति बैठकको माग गरेका हो ।

कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल र बद्री पाण्डेविज्ञप्ति जारी गर्दै समिति र महासमिति बैठकको माग गरेका हो निर्वाचनका सन्दर्भमा खडा अनेक प्रश्नहरूको हल खोज्न तथा नयाँ चुनौतीको सामना गर्न पनि आत्मचिन्तन र विशेष तयारीको जरुरी रहेको उनीहरूले बताएका छन् ।

‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन ? पार्टीका सबै तहदेखि भातृ संस्थाहरूको समुचित परिचालन किन गरिएन ? निर्वाचन दौरानमा प्रतिपक्षहरूको लाञ्छना र आरोपलाई समयमै प्रतिवाद गर्न किन सकिएन ? हामीले नेतृत्व गरेको सरकारले जनअपेक्षाअनुसार किन काम गर्न सकेन ? हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन ?, विज्ञप्तिमा भनिएको छ ।

नेताहरूले पार्टीभित्र आपसी द्वेष, गुटगत भावना, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सुदृढ र आधुनिक काँग्रेसको बलियो आधारशीला खडा गर्न सबैले संकल्प गर्नुपर्ने उल्लेख गरेका छन् । काँग्रेसलाई बदल्ने राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?