कपिल शर्माको ट्विटमा विवाहको कार्ड

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
कपिल शर्माको ट्विटमा विवाहको कार्ड

सारांश

  • एजेन्सी।
  • चर्चित कमेडियन कपिल शर्माको विवाहको चर्चा भइरहेका बेला उनले विवाहको कार्ड ट्विट गरेका छन्।
  • कपिलले आफ्नो ट्विट ह्याण्डलबाट आफ्नो विवाहको कार्ड पोस्ट गरेका हुन्।

एजेन्सी। चर्चित कमेडियन कपिल शर्माको विवाहको चर्चा भइरहेका बेला उनले विवाहको कार्ड ट्विट गरेका छन्। कपिलले आफ्नो ट्विट ह्याण्डलबाट आफ्नो विवाहको कार्ड पोस्ट गरेका हुन्। कार्डमा कपिलको विवाह १२ डिसेम्बर २०१८ मा हुने उल्लेख छ। कपिल आफ्नी गर्लफ्रेण्ड गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदै छन्। गिन्नी चतरथ पंजाल जालन्धरकी हुन्। उनीहरु केही वर्षदेखि रिलेशनमा थिए।

कपिलका अनुसार उनीहरु दुवैको पहिलो भेट २००५ मा भएको थियो। कपिल गिन्नीको कलेजमा विद्यार्थीको अडिशन दिन जाँदा कपिलले गिन्नीलाई देखेका थिए। गिन्नीका अनुसार उनी नाटक ‘गिद्दे’को अडिशन दिन गएकी थिइन्। तब कपिललाई गिन्नीको काम यति धेरै मन पर्यो की उनले युवतीको अडिशन लिने काम गिन्नीलाई नै दिए। त्यँहीबाट उनीहरुबीचको सम्बन्ध सुरु भएको थियो। कपिलले आफ्नो इन्स्टाग्राममा गिन्नीका बुवाले सुरुमा विवाहको प्रस्ताव अस्वीकार गरेको बताएका थिए। त्यतिबेला कपिल करियरको सुरुवाती चरणमा थिए। तर त्यतिबेला देखि नै गिन्नीले कपिललाई साथ दिँदै आएकी छन्। गिन्नीले इन्स्टाग्राममा कपिलले आफ्नो धेरै ख्याल गर्ने गरेको बताउँदै आफ्नालागि कपिल जस्तो अरु कोही नभएको बताएकी छन्।

दुवैबीचको सम्बन्धको चर्चा लामो समयदेखि चलिरहेको थियो। कपिल गिन्नीसँग खिचेका फोटो पनि पोस्ट गर्ने गर्थे। केही समय अगाडि एउटा भिडियो भाइरल भएको थियो जसमा अभिनेत्री रेखाले कपिललाई अंकमाल गर्दै विवाहको शुभकामना दिइरहेकी छन्। त्यसपछि उनी ‘कौन बनेगा करोडपति १०’ को ग्र्याण्ड फिनालेमा पनि पुगेका थिए। उक्त शोका होस्ट अमिताभ बच्चनलाई कपिलले आफ्नो विवाहमा आउन निमन्त्रणा गरेका थिए। यो शोमा कपिल आफ्नो पार्टनर रवि कालरासँग गएका थिए। शोमा अमिताभले कपिललाई विवाहका विषयमा सोधाका थिए, तब कपिलले उनलाई विवाहमा आउन निमन्त्रणा गरेका थिए। 

कपिल शर्माले २००७ मा आफ्नो क्षमता प्रदर्शन गर्दै लाफ्टर च्यालेन्ज–३ जितेर इन्डस्ट्रीमा कदम राखेका थिए। २०१३ मा ‘कमेडी नाइट्स विथ कपिल’ सुरु गर्नुभन्दा पहिला उनी कमेडी सर्कसमा काम गर्थे। ‘कमेडी नाइट्स विथ कपिल’ ले उनलाई कलाकारका रुपमा निकै स्थापित गरायो। तीन वर्षसम्म उक्त शो नम्बर वान भयो। र, कपिल शर्मा धेरै घरमा परिचित नाम बन्न पुग्यो। शोको बढ्दो लोकप्रियताका कारण बलिउडका चर्चित हस्तीहरु पनि आफ्नो फिल्म प्रमोशनकालागि कपिलको शोमा आउन थाले। उनले २०१५ मा अब्बास मस्तानको निर्देशनमा आफ्नो पहिलो बलिउड फिल्म ‘किस किस को पर करुँ’ मा पनि काम गरे। यद्यपी यो फिल्मले सोचेजस्तो व्यापार गर्न सकेन।

२०१६ मा कलर्स च्यानलसँग विवाद भएपछि कपिलको शो बन्द भयो। त्यसपछि कपिलले सोनी टेलिभिजनसँग ‘द कपिल शर्मा शो’ सुरु गरे, जसमा चम्पू शर्मा, डाक्टर मशहुर गुलाटी, रिंकू देवी र नानी जस्ता पात्र चर्चित भए। त्यसपछि कपिल झन विवादमा परे। तर अहिले उनी फेरि आफ्नो विवाहका कारण चर्चामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?