कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,: प्रकाशशरण महत
सारांश
- काठमाडाै, १० असार ।
- नेपाली कांग्रेसलाई नम्बर वान पार्टी बनाउन कम्युनिस्टबाट दुई कुरा सिक्नुपर्ने सुझाव सह महामन्त्री डा प्रकाशशरण महतले दिएका छन्।
- पार्टीलाई बलियो बनाउनेबाहेक कांग्रेसको अन्य विकल्प नभएको बताएका उनले ५ वर्षमा एक्लैले जित्ने तयारी गर्नुपर्ने धारणा राखेका हुन्।
काठमाडाै, १० असार । नेपाली कांग्रेसलाई नम्बर वान पार्टी बनाउन कम्युनिस्टबाट दुई कुरा सिक्नुपर्ने सुझाव सह महामन्त्री डा प्रकाशशरण महतले दिएका छन्।
पार्टीलाई बलियो बनाउनेबाहेक कांग्रेसको अन्य विकल्प नभएको बताएका उनले ५ वर्षमा एक्लैले जित्ने तयारी गर्नुपर्ने धारणा राखेका हुन्। यसका लागि कम्युनिस्टबाट दुई वटा विषय सिक्नै पर्ने उनको सुझाव थियो।
‘कांग्रेसले अब जनाधार तयार गर्नुपर्छ। यसका लागि भ्रातृ संगठन पनि चलाउनुपर्छ। पार्टी अब आधुनिक ढंगले चलाउनुपर्छ। यसका लागि कम्युनिस्टबाट दुईवटा विषय सिक्नैपर्छ,’ महतले थपे, ‘त्यो भनेको संगठन शैली र प्रचार शैली।’
कम्युनिस्ट सिद्धान्त दुनियाँमा कतै नबिकेको सिद्धान्त प्रचार शैलीकै कारण नेपालमा टिकिरहेको उल्लेख गर्दै महतले अबका दिनमा कांग्रेसले प्रचार आक्रमक बनाउनुपर्ने तर्क गरेका थिए। महतले जिल्ला सभापतिहरुबाट प्राप्त मत केन्द्रीय समितिले आत्मसात गर्ने जनाएका छन्।
Kc Ganesh
अब काङरेस का दिन सकियछन जिन्दगी अाेरालाे लाग्यो है अब भन्ने कुरा पनि सधै मनमा हेक्का राख्ने गर्नु होला महत जियु !
Narayan Poudel
Kamanist party ma parbas garda farak pardaina …
Jiwan Bhusal
Parchar hoina ramro Kama garnus janta aafai aauchhan, by da way Congress bhanda Rabi Ji ka samarthak dherai bhai sake
Khadendra Thapa
2 टाहोइन नेताजि शबै सिकन जरुरिछ
Strugglers Suresh Sapkota
काङ्ग्रेस ले अस्थिरता चाहन्थो र 9-9 महीना मा सरकार परिवर्तन हुन्थ्यो लोकतन्त्र को नाममा भाडतन्त्र पुजीवादी अर्थतन्त्र ले त केयौ उधोग कारखाना निजीकरण को नाममा भटाभट बन्द गराउनु बिपिको समाजवाद होर काङ्ग्रेसि साथीहरू धेरै सिक्नुपर्ने छ उल्टो के पाठ पढ्आयको
आचार्य राजेन्द्र
एउटा जस्ता नचोर्ने अर्को नेपाल भारतको सम्बन्ध नया उचाइमा नपुर्याउने।
Bhupendra Baskota
बुद्धि पलाएकै हाे त माहाशय अब सता बिनाकाे कांग्रेस र पानी बिनाकाे माछा काे कथा मा
Narayan Babu Pandey
Grass leval congressko kura garnu bhayo.Jay nepal.Aba 7० over bhayaka congressko sujhaba liyara young sarkal agadi janu paryo.
Pradip Raj
Aba Gaye hai din hajur
Kyacee SB
2. Things. A. Hindu. Dharma. B. Raj songstha. Congress. Ko. Nara. Jaruri.
Bhuwani Sk Raut
काङ्ग्रेसले आफ्नो सिद्दान्त छोडेर कम्युनिस्टको सिद्दान्त बोकिसकेपछी अब फरक के बाकी रहयोर? सत्ताबाट बन्चित भएकोमा पीडा भए, नेकपासग पार्टी एकता गरेर सत्तामा गए के फरक पर्लार?