प्रहरी बढुवा प्रकरणमा गृहमन्त्री शर्माले यसो भनेर मुख खोले !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
३२ पटक हेरिएको
Shares
प्रहरी बढुवा प्रकरणमा गृहमन्त्री शर्माले यसो भनेर मुख खोले !

सारांश

  • काठमाडौ ।
  • गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी बढुवा प्रकरणका बारेमा बोलेका छन् ।
  • शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताएका छन् ।

काठमाडौ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी बढुवा प्रकरणका बारेमा बोलेका छन् ।

शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताएका छन् । बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको जानकारी आफूलाई प्राप्त भएको भन्दै उनले उक्त बढुवा प्रहरी संगठनको हितमा भएको दाबी समेत गरे ।

आइतबार ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले अन्यायमा परेकालाई पछि सम्बोधन गर्ने दाबी गरे । पछि सम्बोधन गर्ने बताएपछि के गर्ने भन्ने विषय खुलाएनन् ।

शनिबार नेपाल प्रहरीको बढुवा सूची सार्बजनिक भएको थियो जसमा केही कनिष्ठ अधिकारीहरु पनि बढुवामा परेको र वरिष्ठ छुटेको भन्दै असन्तुष्टि जनाईरहेका छन् । त्यसतर्फ संकेत गर्दै मन्त्री शर्माले भने, ‘ब्यक्तिलाई अन्याय परेको होला, नियतबस अन्याय गरेको छैन, समस्या र परिस्थितिले सबै ब्यक्ति सीमित कोटामा पर्न सकेनन् ।’

उनले प्रहरी संगठनलाई भने संस्थागत रुपमा बढुवाले न्याय गरेको दाबी गरे । ‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ,’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरि पनि सम्बोधन गरौंला ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?