एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित

सारांश

  • जनकपुर २३ – धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेले बदर मत हेर्ने भनेपछि विवाद हुँदा मतगणना नै स्थगित भएको छ ।
  • मतगणनाका क्रममा झण्डै ७० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि ती मत बदर मान्ने सहमतिमा मतगणना अघि बढेको थियो ।
  • तर नेकपा एमालेका उम्मेदवारले ती बदर मत हेर्न अडान राखेपछि मतगणना स्थगित भएको हो ।

जनकपुर २३ – धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेले बदर मत हेर्ने भनेपछि विवाद हुँदा मतगणना नै स्थगित भएको छ । मतगणनाका क्रममा झण्डै ७० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि ती मत बदर मान्ने सहमतिमा मतगणना अघि बढेको थियो ।

तर नेकपा एमालेका उम्मेदवारले ती बदर मत हेर्न अडान राखेपछि मतगणना स्थगित भएको हो । अरु दलले भने बदर मत थाँति राखेर मतगणना जारी राख्नुपर्ने बताएका छन् ।

प्रमुख निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले विवाद मिलाउने प्रयास भैरहेको जानकारी दिनुभयो । मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि बिहान पनि मतगणना स्थगित भएको थियो ।

यो क्षेत्रमा संघीय समाजवादी फोरमका महाजन यादव पहिलो, नेपाली कांग्रेसका महेन्द्र यादव दोश्रो र एमालेका रघुवीर महासेठ तेश्रो स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?