नवनियुक्त प्रदेशप्रमुखहरुको पहिलो काम

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ६ माघ -निर्वाचन आयोगले प्रदेश नवनियुक्त प्रमुखहरु समक्ष प्रदेशसभाको निर्वाचन परिणाम पेश गरेको छ ।
  • प्रदेश प्रमुखहरुले पहिलो काम निर्वाच्न आयोगले बुझाएको निर्वाच्न परिणाम बुझेका छन् ।
  • सातवटै प्रदेशका प्रमुखले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपछि आयोगले चुनावी परिणाम पेश गरेको हो ।

काठमाडौं, ६ माघ -निर्वाचन आयोगले प्रदेश नवनियुक्त प्रमुखहरु समक्ष प्रदेशसभाको निर्वाचन परिणाम पेश गरेको छ । प्रदेश प्रमुखहरुले पहिलो काम निर्वाच्न आयोगले बुझाएको निर्वाच्न परिणाम बुझेका छन् ।

सातवटै प्रदेशका प्रमुखले बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएपछि आयोगले चुनावी परिणाम पेश गरेको हो ।

निर्वाचन आयोगले सातवटै प्रदेशबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका ५ सय ५० जना प्रदेशसभा सदस्यहरूको निर्वाचनको विवरण सम्बन्धित प्रदेश प्रमुखहरूसमक्ष अलग–अलगरूपमा पेश गरेको हो ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट ३ सय ३० जना र समानुपातिकबाट २ सय २० गरी जम्मा ५५० जना प्रदेशसभा सदस्यहरू हुने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (८) र दफा ६२ मा आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्ने व्यवस्था भएबमोजिम आयोगले शुक्रबार निर्वाचन परिणाम सम्बन्धित प्रदेश प्रमुखहरूसमक्ष पेश गरेको हो ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मंसिर २७ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको निर्वाचन परिणाम माघ ३ गते आयोगले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?