तेस्रो पटक प्रदेशसभा अवरोध: विधेयक पेश हुन पाएन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
तेस्रो पटक प्रदेशसभा अवरोध: विधेयक पेश हुन पाएन

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं.
  • १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ ।
  • झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ ।

झण्डै २० मिनेट ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सदस्यले उठेर विरोध जनाएपछि सभाको कामकारवाही अगाडि बढ्न सकेन । ललिता निवास जग्गा प्रकरणमा प्रतिनिधिसभा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले सभाको कामकारवाहीलाई चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सदस्यले उभिएर विरोध जनाएका थिए । सभामुख भण्डारीले प्रतिपक्षले उठाएको विषय अदालतमा गइसकेकाले प्रदेशसभाबाट निरुपण नहुने स्पष्ट पार्दै सभाको सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।

अवरोधका कारण उद्योग, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक’ प्रदेशसभा पेश गर्न पाउनुभएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल
गायक रामकृष्ण ढकालको डिभोर्स
गायक रामकृष्ण ढकालको डिभोर्स
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
उडान थप्दै अन्तर्राष्ट्रिय विमान कम्पनी
पूर्व राजाले ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिने
पूर्व राजाले ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइ दिने
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन दिएन : मन्त्री श्रेष्ठ
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
नेपाल भ्रमण वर्षको गीत लेख्न आह्वान
नेपाल भ्रमण वर्षको गीत लेख्न आह्वान

तपाईंले छुटाउनुभयो कि?