काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २२, २०७७
|
|
४१ पटक हेरिएको
Shares
काठमाडौँ बिहिवार एकैदिन थपिए २५४० कोरोना संक्रमित

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ४३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २५ सय ४० जना थपिएसँगै जोखिम बढेको छ ।
  • स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.

काठमाडौं उपत्यकामा आज एकै दिन २५ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै २५ सय ४० जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १८ हजार ४ सय ७३ जनाको पिसीआर परिक्षणमा ४३ सय ६४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा २६७५ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ७१ हजार ३ सय ४३ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २०८५ जना र ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?