नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
४७ पटक हेरिएको
Shares
नेपाल चिकित्सक संघको अन्तिम मतपरीणाम सार्वजनिक, नवनिर्वा्चित पदाधिकारीलाई सम्मान

सारांश

  • काठमाडौं, २८ माघ ।
  • नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भएको छ ।
  • संघको नेतृत्वमा डा.

काठमाडौं, २८ माघ । नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनको अन्तिम मत परीणाम सार्वजनिक भएको छ । संघको नेतृत्वमा डा. लोचन कार्की निर्वा्चित भएका छन् । उनले चार हजार १ सय ११ मत प्राप्त गरेका थिए । संघको बागबजारस्थित् केन्द्रीय कार्यालयमा निर्वा्चित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान समेत गरिएको थियो ।

उक्त कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष डा. कार्कीले आफूले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्ने र बरिष्ठहरुको सल्लाह तथा सुझाव र जुनियरहरुको उत्साहलाई ब्रिज बनाएर आफूहरु अघि बढ्ने वचनबचता व्यक्त गरे । उनले भने,‘आजैबाट हामी जिम्मेवारी बहन गर्न लागिसक्यौं । कुन फाईल कहाँ छ ? कहाँ अड्किएको छ ? भन्ने कुरामा म जानकार छु । अब तत्काल अघि बढाउँछु ।’कार्कीले हिजो चुनावमा प्रतिष्पर्धामा भएपनि निर्वाचनको अन्तिम परीणाम आएसँगै अब कुनैपनि किसिमको प्रतिष्पर्धा नरहने बताउँदै आफूले सबैलाई समेट्ने विश्वास दिलाए । कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा पूर्व महासचिव डा. बाबुराम मरासिनीले शान्तिपूर्ण वातावराणमा निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त निर्वाचनको लागि सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । उनले नवनिर्वा्चित पदाधिकारीहरुलाई सम्मानसमेत गरेका थिए ।

संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी दुई समूह सहभागी थिए । निर्वाचनमा लोकतान्त्रिक समूहले एक सदस्यबाहेक सबैमा जीत हाँसिल गरेको छ ।

यस्तो छ अन्तिम परीणाम

अध्यक्ष
डा लोचन कार्की – ४१११
डा पुष्पमणि खराल– १९७९

वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– २२६२
डा शिवप्रसाद श्रेष्ठ – ३५९५

उपाध्यक्ष
डा अनिलविक्रम कार्की – ३९४५
डा रञ्जितकुमार झा – १९५४

महासचिव
डा बद्री रिजाल – २४३१
डा मधुर बस्नेत – १३७८
डा दीपेन्द्र पाण्डे – १३०१
डा अजयकुमार मिश्र– ८६९

कोषाध्यक्ष
डा प्रकाश बुढाथोकी– ३२७८
डा सञ्जितकुमार साह– २५७९

सहसचिव
डा निरजकुमार सिंह– ३७९०
डा सैलेन्द्र झा– १८९४

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५
डा उदयनारायण सिंह– १९४२

सदस्यहरु
१. अमित चतुर्वेदी– १५७४
२. डा विक्रान्त ढकाल– २५८६
३. डा विपेश आचार्य– २८८०
४. डा दीपकप्रसाद कोइराला– १८६८
५. डा जगदिशचन्द्र विष्ट– १२४९
६. डा लिजन महर्जन– २८७२
७. डा नन्दाकुमारी गुरुङ– ३३१६
८. डा प्रमोद जोशी– २७९६
९. डा प्रवीणकुमार गिरी– ७४७
१०. डा राकेश कुमार साह – २३१३
११. डा रितेश थापा– ३७१७
१२. डा सञ्जिव तिवारी– ३००४
१३. डा सुमन काफ्ले – २२२६
१४. डा त्रिभुवन चन्द्र झा – १८१३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि
मदन–आश्रित स्मृति फुटबल बुधबारदेखि
बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन
बझाङमा सुरुङ भत्किएपछि भित्र पसेका ४ मजदुर सम्पर्कविहीन
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु : प्रधानमन्त्री दाहाल
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
एनसेलको लाभकर सम्बन्धी मुद्दा फेरि अर्को मोडमा पुग्यो, सरकारले तोकेको तिर्न नपर्ने
उदयपुर सिमेन्टको उत्पादन क्षमता बढाइदै
उदयपुर सिमेन्टको उत्पादन क्षमता बढाइदै
घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
घ्याङफेदी दुर्घटना ः मृतकको सङ्ख्या २० पुग्यो
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
प्रधानमन्त्री ओलीको विप्लवलाई प्रश्न, मजाक अलि बढ्ता भयो, चन्दा उठाउन क्रान्तिका गफ दिने ?
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत