पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा

सारांश

  • काठमाडौं, ४ भदौ ।
  • फ्रान्सका लागि नेपाली पूर्वराजदूत केशवराज झाको काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ ।
  • सुतिरहेको ठाउँमा सोमबार बिहान पूर्वराजदूत झा मृत फेला परेपछि घटनाको अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं, ४ भदौ । फ्रान्सका लागि नेपाली पूर्वराजदूत केशवराज झाको काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सुतिरहेको ठाउँमा सोमबार बिहान पूर्वराजदूत झा मृत फेला परेपछि घटनाको अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पूर्वराजदूत झाको हत्या भएको निष्कर्ष निकालेको छ । “हत्या भएको अनुमान गर्ने प्रशस्त प्रमाणहरु भेटिएका छन्”, महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले भने, “घटनाबारे अनुसन्धान भइरहेको छ ।” केशव झाको हत्या अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनको टाउकोमा ३ र घाँटीमा २ चोट लागेको छ ।

पूर्वराजदूत झाको घरमा गएराति दम्पती बाहेक विगत १० बर्षदेखि सुरक्षागार्ड सानु तामाङ थिए । सोमबार बिहान ५ बजे नै मालीको काम गर्दै आएका अन्य २ जना झाको घरमा पुगेका थिए । उनीहरुले बिहानको सबै काम सक्दा पनि झा नउठेपछि श्रीमतीले सुरक्षागार्ड र मालीकै सहयोगमा ढोका खोल्दा उनी मृत पाइएका थिए ।

प्रहरीले झा सुतेको कोठाको झ्यालको जाली काटेर चुकुल खोलेको भेटिएको छ । कुटनीतिक क्षेत्रमा राम्रो दख्खल भएका झा १९९३ देखि १९९७ सम्म फ्रान्सका राजदूत भएका थिए । पूर्वराजदूतहरुको निवर्तमान अध्यक्ष समेत रहेका झाले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए । पूर्व राजदूत झाको एक छोरा, बुहारी र एक छोरी छन् । आयरल्याण्ड बस्दै आएका छोरा किरणराज झा र बुहारीलाई गत शनिवार मात्रै उनले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका थिए । छोरी राजश्री झा संयुक्त राष्ट्रसंघमा कार्यरत छिन् ।

परराष्ट्र सेवामा २०२३ सालमा प्रवेश गरेका केशवराज झा ३० वर्षे सेवा अवधिका पूरा गरेर सेवानिवृत्त भएका थिए । प्रहरीले झाको हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

(https://www.newsoftwares.net)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Dipendra Singh

    Oli sarkar ko pala ma hatya baltkar apahran badhi sakyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?