चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जनाकाे मृत्यु

सारांश

  • काठमाडाै, १८ कात्तिक ।
  •   चितुवाको आक्रमणमा परि मृत्यु हुनेको संख्या अर्घाखाँचीमा १५ पुगेको छ ।
  •   १७ गते चितुवाको आक्रमण बाट अर्घाखाँचीको भुमिकास्थान ढिकुरामा एक बालकको ज्यान गएको छ ।

काठमाडाै, १८ कात्तिक ।  चितुवाको आक्रमणमा परि मृत्यु हुनेको संख्या अर्घाखाँचीमा १५ पुगेको छ ।  १७ गते चितुवाको आक्रमण बाट अर्घाखाँचीको भुमिकास्थान ढिकुरामा एक बालकको ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा पेँहाले निवासी माधव प्रसाद घिमिरेको ४ बर्षिय छोरा आर एन घिमिरेलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो ।  बेलुकी ५ बजेतिर आफ्नै घर आमाको काखमा रहेको बखत चितुवाले आक्रमण गरि गम्भीर घाइते बनाएको निजको जिल्ला अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।

चितुवाले बालकको घाटीमा आक्रमण गरि बारिमा फालेको थियो। स्थानीय छिमेकी खिम प्रसाद मरासिनीले उपचारको क्रममा जिल्ला अस्पताल ल्याएपछि उपचार सुरु गर्न पाउँदा नपाँउदै चिकित्सकले मृत घोषणा गरेका थिए । निजका बुबा आमा घरमै रहेको बुझिएको छ।अहिलेसम्म अर्घाखाँची जिल्लामा १५ वटा बालबालिकालाई चितुवाले आक्रमण गरि नोक्सान गरेको छ भने ६ जना गम्भीर घाइते पछि निको भएको छ। चितुवाले बिगत ३ बर्ष देखि आतंक फैलाउँदा जिल्ला बासि अत्यन्तै त्रासमा बस्न बाध्य भएका छन।

चितुवा नियन्त्रण गर्न अनेक प्रयास गर्दा पनि नरभक्षी चितुवा मार्न सकिएको छैन । साझको समयमा बालक चितुवाको हातमा मृत्यु भएपछि अर्घाखाँचीबासी शोकाकुल भएका छन् । यसलाई राज्यले गम्भिरता पुर्वक सुरक्षाकर्मि परिचालन गरेर वा निकुन्जबाट बाघ नियन्त्रण गर्ने टोली परिचालन गरि नरभक्षी बाघ नियन्त्रण गर्न संबन्धित निकाय समक्ष स्थानियले माग गरेका छन् । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली घटनास्थल तर्फ नरभक्षी बाघ नियन्त्रण गर्न गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
आफूखुशी शुल्क नबढाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु
कारमा आगो लाग्दा तीन बालबालिकासहित चारको मृत्यु
गोदावरीमा सिसि क्यामेरा जडान गरिने
गोदावरीमा सिसि क्यामेरा जडान गरिने
Adventures in Cambodia – A Story of Gender, Trafficking and Love
उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी
उदयपुरको प्रदेशसभा तर्फको अन्तिम नतिजा आयो ; एमालेका विमल कार्की विजयी
जब ज्योति मगर सेक्सि अवतारमा जेल पुगे पछि….
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
नेपालमा ‘टोर्नेडो’ आँधीबेहरी भित्रिएको पुष्टि, जहाँ छुन्छ, त्यहाँ ध्वस्त हुने !
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !
काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य !
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिनुहुने