कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ४, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कोरोना भाइरसः झण्डै दश हजार उपचारपछि घर फर्किए

सारांश

  • काठमाडौं, ४ फागुन ।
  • चीनमा फैलिएको कोरोना भाइरसका कारण १६६५ को ज्यान गएको छ ।
  • आइतबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टमा ६८ हजार संक्रमित भएका छन् ।

काठमाडौं, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण १६६५ को ज्यान गएको छ । आइतबार चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको रिपोर्टमा ६८ हजार संक्रमित भएका छन् ।

झण्डै दश हजार उपचारपछि घर फर्किएका छन् । गत वर्षको डिसेम्बरको अन्तिमतिर जानकारीमा आएको कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिएको छ । चीनको वुआन प्रान्तबाट फैलिएको भाइरसका कारण विश्वभर एक लाख जति संक्रमित भइसकेको अनुमान छ । डेढ लाख मानिसमा संक्रमणको आशंकामा निगरानीमा राखिएको छ ।

विश्वका २५ देशमा कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । नेपालमा एकजना संक्रमित भएकामा उपचारपछि सामान्य अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?