अब ३ लाख ८० हजारमै चढ्नुस कार

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
२४ पटक हेरिएको
Shares
अब ३ लाख ८० हजारमै चढ्नुस कार

सारांश

  • सस्तो इलेक्ट्रिक कारको खोजीमा भएकाहरुका लागि गजव विकल्प नेपाली बजारमै उपलब्ध छ ।
  • नेपाली बजारमा उपलब्ध दाहे ब्रान्डको इलेक्ट्रिक कार शुरुमा ३ लाख ८० हजार तिरे पुग्छ ।
  • यसको मूल्य १८ लाख ९५ हजार रुपैयाँ छ ।

सस्तो इलेक्ट्रिक कारको खोजीमा भएकाहरुका लागि गजव विकल्प नेपाली बजारमै उपलब्ध छ । नेपाली बजारमा उपलब्ध दाहे ब्रान्डको इलेक्ट्रिक कार शुरुमा ३ लाख ८० हजार तिरे पुग्छ । यसको मूल्य १८ लाख ९५ हजार रुपैयाँ छ । यसरी शुरुमा डाउनपेमेन्ट बुझाए पछि प्रत्येक महिना करिव २७ हजार तिरे पछि ७ वर्ष भित्र सबै मूल्य तिर्न सकिन्छ ।

चिनियाँ ब्रान्डको सो कार नेपालमै एसेम्बल गरिन्छ । दिगो ग्रुपले यो कार नेपाली बजारमा उपलब्ध गराइरहेको छ ।

सो कारमा भएको लिथियम आयोन ब्याट्रीलाई करिव चार पाँच घण्टामा फुल चार्ज गर्न सकिन्छ । एक पटक फुल चार्ज गरे पछि यसलाई उकालोमा करिव ११५ किलोमिटर र समतलमा १४० किलोमिटर भन्दा बढी चलाउन सकिने कम्पनीको दावी छ । यसको ब्याट्रीमा १ वर्ष वारेन्टी उपलब्ध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?