रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
रणबिरका दुई शब्दले आलियाको आँखामा आँसु

सारांश

  • काठमाडौं,२० चैत्र ।
  • बलिउडमा अहिले रणबिर कपूर र आलिया भट्टको प्रेम चर्चामा रहेको छ ।
  • उनिहरुको बिवाहको बिषयलेपनि बेला–बेला बलिउड ताति रहन्छ ।

काठमाडौं,२० चैत्र । बलिउडमा अहिले रणबिर कपूर र आलिया भट्टको प्रेम चर्चामा रहेको छ । उनिहरुको बिवाहको बिषयलेपनि बेला–बेला बलिउड ताति रहन्छ । चाँडै नै निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मार्फत दर्शकमाझ एकसाथ देखिनलागेको यो जाडी अहिले भने कुनै प्रेम वा बिवाहको बिषयले नभएर हालसालै भएको जी सिनेमा अवार्डको फिल्मफेयर अवार्डमा देखिएको दृश्यले सामाजिक सञ्जालमा चर्चा पाईरहेको छ ।

फिल्मफेयर अवार्ड शोमा दुबैले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका थिए ।रणबिर कपूरले फिल्म ‘सञ्जु’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए भने  आलिया भट्टले फिल्म ‘राजी’ बाट उत्कृष्ट अभिनेत्री भ्यूअर्स च्वाइस अवार्ड जितेकी थिइन् ।

जव स्टेजमा अवार्ड ग्रहणकोलागि आलियाले रणबिर कपूरको नाम उद्घोष गरिन माहौल एकाकए रोमाञ्चक बन्यो । अवार्ड जितेसँगै रणबिर स्टेजमा मन्तव्य दिन थाल्छन । त्यसै क्रममा रणबिर कपूरले आफ्नो अभिनय यात्राको बारेमा बोल्दै गर्दा आलिया भट्टको आँखाबाट आँसु झरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

आफुले पाएको अवार्ड बुवा ऋषि कपूरलाई समर्पित गर्दे भिडियोमा रणबिर कपूर फिल्म ‘सञ्जु’ का सम्पूर्ण कलाकार र फिल्मको सम्पूर्ण टिम लगायतलाई धन्यवाद दिन्छन् र आफ्ना बुवा ऋषि कपूरको यतिबेला स्वास्थ्य स्थिति खराब रहेको कुरा बताउँछन् । यसै क्रममा रणबिर नजिकै रहेकी आलिया भट्ट आँखाबाट आँसु पुछ्न थाल्छिन् ।   उनकी पुरानी प्रेमिका दिपिका पादुकोन पनि उक्त समयमा इमोशनल भएको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Province 2 announces additional assistance to acid-attack victims
Province 2 announces additional assistance to acid-attack victims
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भट्ट सिफारिस
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन
गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर : अध्ययन
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा
देउसी भैलो खेलेको पैसाले हत्केला समाजले बाँढ्यो न्यानो कपडा
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
देउडा संस्कृतिको संरक्षणमा जोेड
देउडा संस्कृतिको संरक्षणमा जोेड
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ : काँग्रेस नेता सिंह
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?