प्रचण्डमाथि जुत्ता प्रहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रचण्डमाथि जुत्ता प्रहार

सारांश

  • मुकुन्द कालिकोटे, १८ फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
  • आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

मुकुन्द कालिकोटे, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृह पुगेका थिए । उनलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने क्रममा जुत्ता प्रहार गर्नेलाई पक्राउ गरेका छन् ।

विगतमा पनि प्रचण्डमाथि जुत्ता प्रहार भएको थियो । एक युवकले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

दश वर्षे जनयुद्धबाट राजनीतिक मूलधारमा आएर प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसकेका छन् । देशकै शक्तिशाली दलका अध्यक्ष रहेका प्रचण्डको सुरक्षाको विशेष व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?