थाहा पाउनुस् आगामी ३ दिनको मौसम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ७, २०७६
|
|
१८ पटक हेरिएको
Shares
थाहा पाउनुस् आगामी ३ दिनको मौसम

सारांश

  • नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले काठमाडौंसहित देशभरको मौसममा आजदेखि सुधार हुँदै जाने भएको छ ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम सामान्य रहने जनाएको छ ।

नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकाले काठमाडौंसहित देशभरको मौसममा आजदेखि सुधार हुँदै जाने भएको छ । । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम सामान्य रहने जनाएको छ ।

पश्चिमी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको रहेको पनि महाशाखाद्वारा जारी सुचनामा उल्लेख छ । मंगलबार राती देशका अधिकांश भू–भागमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ।

त्यस्तै उच्च हिमाली भेगमा हिमपातको सम्भावना बढ्न सक्ने पनि जनाइएको छ । त्यस्तै, बुधबार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ। तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले अनुमान गरेको छ ।

बुधबार राती भने मौसम सामान्यतया सफा रहने छ भने बिहिबार दिउँसोसम्म मौसममा पूर्ण सुधार हुने उल्लेख छ । देशका अधिकांश भू–भागमा सामान्य बदली रहेकाले चिसोबाट बच्नु हुन सर्वसाधारण लाई महाशाखाले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?