नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १६, २०७७
|
|
४६ पटक हेरिएको
Shares
नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट बढेको भन्दै आजको बैठक बालुवाटार सारियो ।
  • बैठक धुम्बाराहीमै राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोडबल गरेका थिए ।
  • तर, सुरक्षा थ्रेट भन्दै बैठक बालुवाटारमै सारियो ।

नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट बढेको भन्दै आजको बैठक बालुवाटार सारियो । बैठक धुम्बाराहीमै राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोडबल गरेका थिए । तर, सुरक्षा थ्रेट भन्दै बैठक बालुवाटारमै सारियो ।

प्रचण्डले सुरक्षा थ्रेटबारे बुझ्न खोज्दा गृह मन्त्रालयको हवाला दिइयो । गृहमन्त्री रामबहादुर थापा बादलले पनि सुरक्षा थ्रेट रहेको सुचना दिए । त्यसपछि प्रचण्ड लचिलो भएर बालुवाटार प्रवेश गरेका थिए ।

यतिबेला देशमा सुरक्षा थ्रेट को को बाट छ भन्ने विषय गम्भीर छ । नेत्रविक्रम चन्द विप्लव समूहको खतरा रहेको विषय गृहको रिपोर्टमा बेला बेलामा आउने गर्छ । विप्लवले हालैमात्र नेकपा नेताहरुलाई चेतावनी दिइसकेका छन् । तर, उनको दलले अहिलेसम्म कुनैपनि नेकपा नेता कार्यकर्तामाथि भौतिक आक्रमण गरिसकेको छैन ।

राजावादीहरुबाट पनि सुरक्षा थ्रेटको विषय आउने गरेको छ । पछिल्लो समय उनीहरु निकै सक्रिय भएका छन् । दिनहुँ देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्छन् । तर, राजावादीले भौतिक आक्रमण अहिलेसम्म गरेका छैनन् । यस्तो अवस्थामा नेकपाका नेताहरु प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ मध्ये कसलाई सुरक्षा थ्रेट बढेको भन्ने विषय गम्भीर बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा थ्रेट बढेर उनी धुम्बाराही जान नमानेको पनि हुनसक्छन् । संवेदनशील स्वास्थ्य अवस्थाका प्रधानमन्त्रीलाई कमैमात्र बालुवाटार बाहिर जान भनिएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललाई पनि सुरक्षा थ्रेटको कुरा आउन सक्छ । यसबारे प्रष्ट नपारिएपनि यही बहानामा ओलीले प्रचण्डलाई वाध्य बनाएर बालुवाटारमा पार्टी बैठकका लागि आउन वाध्य पारे ।

(musclemx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
आजको मौसमः पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहने
The Nine Most popular Chinese Language Internet dating Apps In 2020 Usually are What You possessed Expect
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
संसदमा अवरोधपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
भारतीय राजदूतावासको कार्यालयमा बम हानेको आरोपमा थप १ पक्राउ
चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने
चोटका कारण आर्चरले एसेज सिरिजको पहिलो खेल गुमाउने
देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक
देउवालाई ‘काउन्टर’ दिन सुजाताको घरमा पौडेल समूहको लन्च बैठक
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
मैले जे कुरा भन्नुछ तपाईले भन्दा हुन्छ भनेर केपीजीलाई सहमति दिएकै थिए : प्रचण्ड
अागलागीमा परि एकजनाकाे मृत्यु
अागलागीमा परि एकजनाकाे मृत्यु
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !
रबिन्द्र मिश्रले आफु पराजित भएको केहि बेरमै निकाले बिज्ञप्ति !