भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकियो

सारांश

  • काठमाडौं, साउन २ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकिएको छ ।
  • सोमबार ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई सुरु भए पनि कानून व्यवसायीको बहस नसकिएकाले यो मुद्दा हेर्दा हेर्दैमा परेको छ ।
  • हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुने भए पनि न्यायाधीश भण्डारी मंगलबार भारत जान लागेका कारण उहाँ नफर्केसम्म यो मुद्दाको सुनुवाइ रोकिएको हो ।

काठमाडौं, साउन २ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकिएको छ ।

सोमबार ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई सुरु भए पनि कानून व्यवसायीको बहस नसकिएकाले यो मुद्दा हेर्दा हेर्दैमा परेको छ । हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुने भए पनि न्यायाधीश भण्डारी मंगलबार भारत जान लागेका कारण उहाँ नफर्केसम्म यो मुद्दाको सुनुवाइ रोकिएको हो ।

न्यायाधीश भण्डारी ७ गते नेपाल फर्कने र ८ गते आइतबार पुनः सुनुवाइ सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । आयोगको त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै रिटमा सोमबार मुद्दा दायर गर्नेका तर्फबाट अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गर्नुभएको छ ।

सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुर्मुस सुन्तली फसे लफडामा ??? बिदेशी सग ६ करोड लिएको आङकाजीको आरोप !!!
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
नेकपाका वडा अध्यक्ष काँग्रेसमा प्रवेश
नेकपाका वडा अध्यक्ष काँग्रेसमा प्रवेश
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।
थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी पाँच कुराको सेवन
थाइराइडका रोगीले कहिल्यै नगर्नुहोस् यी पाँच कुराको सेवन
रौतहटका १८ वटै पालिकाको नतिजा, कुन दलले कहाँ-कहाँ जिते ?
रौतहटका १८ वटै पालिकाको नतिजा, कुन दलले कहाँ-कहाँ जिते ?
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
अबको संसदमा ६ दल मात्र
अबको संसदमा ६ दल मात्र
३३ किलाे सुन प्रकरण:  चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…
३३ किलाे सुन प्रकरण: चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…

तपाईंले छुटाउनुभयो कि?