नेकपाका वडा अध्यक्ष काँग्रेसमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
नेकपाका वडा अध्यक्ष काँग्रेसमा प्रवेश

सारांश

  • जाजारकाेट १५ कात्तिक ।
  •   जाजरकोटका एक वडाअध्यक्ष नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
  • कुशे गाउँपालिका ६ का वडाध्यक्ष अमर शाहीले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन्।

जाजारकाेट १५ कात्तिक ।  जाजरकोटका एक वडाअध्यक्ष नेकपा परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। कुशे गाउँपालिका ६ का वडाध्यक्ष अमर शाहीले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन्। तत्कालिन माओवादी केन्द्रबाट टिकट लिएर चुनाव जितेका शाहीले सार्वजनिक कार्यक्रममै नेपाली कांग्रस पार्टी प्रवेश गरेको घोषणा गरेका हुन्।

नेपाली काँग्रसले कुशे गाउँपालिका ६ को घरंगामा आयोजना गरेको कार्यक्र्रममा उनले काँग्रेसमा प्रवेश गरेको बताए। उनलाई नेपाल तरुणदलका पूर्व कन्द्रिय अध्यक्ष तथा पूर्व अर्थ राज्यमन्त्री उदय शम्मशेर राणाले पार्टी प्रवेश गराएका हुन्। ‘जनताको मुक्ति र परिवर्तनको नारा दिएर विगत १० बर्ष जनयुद्ध लडेको पार्टी दुई तिहाइ बहुमतको सरकार हुँदा पनि जनताले अनुभुति गर्ने खालका कुनै पनि काम गर्न नसकेको आरोप लगाउदै आफुले नेकपा परित्याग गरेकाे शाहीले बताए।

शाही पूर्व जनमुक्ती सेना समेत हुन्। उनी नेकपाको पार्टी एकीकरण देखिनै असन्तुष्ट थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?