३३ किलाे सुन प्रकरण: चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
४५ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण:  चूडामणि उप्रेती‘गोरे’ अाउने गाडिमा सनमकाे शव अाएपछी…

सारांश

  • काठमाडौं, १४ वैशाख  ।
  •   गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो ।
  • यसरी सुन ल्याउने प्रक्रिया चूडामणि उप्रेती‘गोरे’का लागि सामान्य थियो ।

काठमाडौं, १४ वैशाख  ।  गत ७ माघमा दुबईबाट आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । यसरी सुन ल्याउने प्रक्रिया चूडामणि उप्रेती‘गोरे’का लागि सामान्य थियो । अवैध सुन भरियामार्फत भारत र्पुयाउने गरिन्थ्यो ।

त्यो दिन आएको साढे ३३ किलो सुन विमानस्थलबाट सहरसम्म ल्याउने जिम्मा थाई एयरवेजका कर्मचारी पुण्यप्रसाद लामा, लालबहादुर मगर र सानु बनको थियो । उनीहरूले मोटरसाइकलको तेल ट्यांकीमा राखेर पटक–पटक खेप गरेर अनामनगरस्थित एउटा घरमा र्पुयाए ।

अब ट्यांकीबाट निकालेर सबै सुन झोलामा राखी किराना पसलजस्तो स्थानमा पर्खिएका भरियालाई दिनुपर्ने थियो । तर, पसलमा लग्न सानु बनले बोकेको सुन एकाएक गायब भयो । र, त्यहीँबाट सुरु भयो यत्रो सुनको महाभारत ।

सुन बुझ्नुपर्ने सनम शाक्य भने ठमेलतिर होटलमा मस्तीमा थिए । सुन आउँछ भनेको ठाउँमा नपुगेपछि गोरेले सनमलाई फोन गरेर कहाँ छस् भने । सनमले उर्लाबारीमा छु भनेर ढाँटे । तर, पछि कुरो बुझ्दा सनम काठमाडौंमै भएको खुल्यो ।

त्यसपछि सनम गोरेको शंकामा परे । तर, सनमले भने सानु बनलाई शंका गरे । यता, गोरेले सानुलाई सिन्धुलीको खनियाखर्कमा ल्याएर सुन कसले लग्यो भन्दै केरकार गरे । भुजुङ गुरुङले सुन गायब बनाएको जवाफ सानुले गोरेलाई दिए । गोरे बुझ्न लागे । तर, भुजङले गायब पारेको पुष्टि भएन । अन्ततः सानुले नै गायब पारेको निष्कर्षमा गोरे पुगे ।

विमानस्थलबाट सुन बोकेर आउने भरिया थिए– गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पक्राउ गरेको थियो ।

उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परे ।

तर, सुन तस्करका नाइके फरार रहे । सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त सुनको मुख्य लगानीकर्ता गोरे थिए । तस्करीको योजना भने हरिशरण खड्का, रोशनगुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलले बनाएका थिए ।

यीमध्ये प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । दुबईमै बस्दै आएका पाँचविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी ग¥यो । तर, गोरेलाई भने त्यसवेला रेडकर्नर नोटिस जारी गरिएको थिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखबाट हटाइएपछि डीआईजी गोविन्द निरौला प्रहरी प्रधान कार्यलयस्थित अन्वेषण ब्युरो प्रमुख थिए । ब्युरो प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत अपराध अनुसन्धान विभागअन्तर्गत रहन्छ । विभाग प्रमुख तत्कालीन एआइजी बमबहादुर भण्डारी थिए । भण्डारीलाई तत्कालीन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले गोरे पक्राउको योजना बताएका थिए । गोरे पक्राउका लागि प्रहरीसँग समन्वय गर्ने जिम्मा पनि अर्यालले भण्डारीलाई दिएका थिए ।

सोही क्रममा भण्डारीले मोरङ जिल्ला प्रहरी कार्यालयसँग गोरे पक्राउ गर्न समन्वय गरिरहेका थिए । यसको सुइँको ब्युरोका तत्कालीन डिआइजी निरौलाले पाए । त्यसलगत्तै उनले प्रहरीको योजना गोरेलाई भने । र गोरेलाई भगाए ।

साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना पूर्वसहकर्मीलाई मोरङको जंगलमा पुर्‍याएर यातना दिइरहेका थिए । उनलाई पिछा गर्दै मोरङको पोखरिया पुगेको प्रहरी टोलीले ‘रणनीतिक’ रूपमा फोनमा गरेको सम्झौताअनुसार गोरे मध्यरातमा मोरङको पोखरिया आउन तयार भएका थिए ।

सम्झौताअनुसार पर्खिरहेको प्रहरी टोलीका अगाडि आएर स्कर्पिओ गाडी रोकियो । तर, गोरे आएनन्, बरु गाडीमा उनका सहयोगी सनमको शव आयो । गोरेले करेन्टसहित दिएको यातना सहन नसकेर सनमको मृत्यु भइसकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेलाई शपथ लिन बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश
नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत
नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, पछि पर्यो भारत
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
शङ्करनाथ रिमालः इञ्जिनीयरिङ, वास्तुकला र चित्रकलाका त्रिवेणी
शङ्करनाथ रिमालः इञ्जिनीयरिङ, वास्तुकला र चित्रकलाका त्रिवेणी
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
कपाल फुलेर चिन्तित हुनुहुन्छ? अपनानुहाेस् याे विधि
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
अदालतसम्म पुग्ने मुद्दाको छिनोफानो मेलमिलापबाट
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्
सैफसँग बिहे गरेकी करिनाले अर्कै अभिनेतालाई मन पराउँथिन्