साउदी राजपरिवारका ३ बरिष्ठ सदस्य पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २४, २०७६
|
|
३७ पटक हेरिएको
Shares
साउदी राजपरिवारका ३ बरिष्ठ सदस्य पक्राउ

सारांश

  • काठमाडौं।
  • साउदी अरेबियाको राजपरिवारका तीन प्रभावशाली सदस्य पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा राजाका भाइसमेत छन् तर उनीहरुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।

काठमाडौं। साउदी अरेबियाको राजपरिवारका तीन प्रभावशाली सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइसमेत छन् तर उनीहरुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन । राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

शुक्रबार पक्राउ गरिएका तीनै जना साउदीको राजनीतिमा प्रभावशाली भूमिकामा थिए । ४ वर्ष अघिमात्र साउदीको सज्यसत्ताको बागडोर सम्हालेका राजकुमार मोहम्मद बिन सलमानलाई उनीहरुको प्रभावशाली भूमिका मन नपरेको बताइएको थियो । यही कारण आफ्ना बाटो खुला गर्न राजकुमारले उनीहरुलाई पक्राउ गर्ने आदेश दिएको हुन सक्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?