फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २, २०७७
|
|
२२ पटक हेरिएको
Shares
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?

सारांश

  • प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।
  • तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसहित ११ जना नेताहरुको आज पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बसेको हो ।
  • तर, आजको बैठक सकारात्मक भएपनि ठोस सहमति भने नभएको नेताहरुको प्रतिक्रिया आएको छ ।

प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसहित ११ जना नेताहरुको आज पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बसेको हो ।

तर, आजको बैठक सकारात्मक भएपनि ठोस सहमति भने नभएको नेताहरुको प्रतिक्रिया आएको छ । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता डा. भीम रावलले आजको छलफलमा दुवै पक्षले आ–आफ्नो कुरा राखेको तर कुनै सहमति नभएको जानकारी दिए ।

उनले भने,‘आजको बेठकमा दुवै पक्षबाट आफ्नो कुरा राख्ने काम भयो, हामीले फागुन २८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं। कुरा मिलेन। ‘हामीले सर्वोच्चको फैसलाअनुसार पार्टीलाई ३ वर्षअगाडिको अवस्थामा नै फर्काउनुपर्ने कुरा राख्यौं । यसका लागि २८ गतेको वैठकले गरेका निर्णय रद्द गर्नुपर्छ । तर, प्रधानमन्त्रीले भने अस्तिको बालुवाटार वैठकबाट भएका निर्णय फिर्ता लिने इच्छा देखाउनुभएन ।’

यद्धपी रावलले आफूहरुले आजको बैठकलाई सकारात्मक रुपमा लिएको विश्वास दिलाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
आजकाे राशीफल
आजकाे राशीफल
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्छ : सञ्चारमन्त्री
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
निर्मला पन्त प्रकरणमा मुछिएका एसपी र इन्सपेक्टरलाई बर्खास्त गर्दै सरकार
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
राष्ट्रियसभाको आजको बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश !
राष्ट्रियसभाको आजको बैठकमा बालबालिका सम्बन्धी विधेयक पेश !
धेरै घुमियो, अनि लेखियो :राजकर्णिकार
धेरै घुमियो, अनि लेखियो :राजकर्णिकार
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
पति वियोगको पीडामा विनालाई जितको खुसी, दोब्बर मतान्तरले विजयी !
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मोहनविक्रमकी जेठी श्रीमती शान्ताले दिइन् सांसद जितेकोमा कान्छी दुर्गालाई बधाई
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त
मंगलवार १५१३ जना कोरोना संक्रमित थपिदा ३१ जना संक्रमण मुक्त

तपाईंले छुटाउनुभयो कि?