‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ४, २०७६
|
|
३० पटक हेरिएको
Shares
‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

सारांश

  • दुल्लु।
  • चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्।
  • दैलेखकै एक युवकले भारु ५० लाख  चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्।

दुल्लु। चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन्। दैलेखकै एक युवकले भारु ५० लाख  चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन्।  आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए।  दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही विषयलाई लिएर छलफल भइरहेको जानकारी दिए।

भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई दैलेख आएको पाइएको छ। उनीहरुले बिहान मात्रै जिल्ला प्रहरी कार्यालयमा आफूहरु दैलेख आएको जानकारी गराएका थिए। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा तीन प्रहरीसहित चार जनाको टोली दैलेख आएको हो।  भारत, हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीन प्रहरीसहितको चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए। भारतमा काम गर्दै आएका दैलेखका एक युवक झण्डै रु ५० लाख चोरी गरी फरार भएपछि खोजी गर्न दैलेख आएको भारतीय प्रहरीले दैलेख प्रहरीलाई जानकारी गराएका छन्। “उनीहरुले पोशाक लगाउनु हुँदैन भन्ने थाहा नभएको बताएपछि हामीले सादा पोशाकमा हिँड्न भनेका छाैं,” प्रहरी निरीक्षक आचार्यले भने, “भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छैन, उनीहरु हाम्रो सम्पर्कमा आफैँ आएका हुन्।”
प्रदेश नं ५ र कर्णाली प्रदेश हुँदै सदरमुकाममा भारतीय प्रहरी सूचना र अनुमतिविना नेपाल आउनु आपत्तिजनक भएको नेपाल मजदूर किसान पार्टीका जिल्ला कमिटी सचिव लक्ष्मी विकले बताइन्। 

(https://midnightmusic.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
बिराटनगरमा अवैधानिक  झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा  फहराएको हो ।
बिराटनगरमा अवैधानिक झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा फहराएको हो ।
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
बुलिङटारमा काँग्रेस विजयी
बुलिङटारमा काँग्रेस विजयी
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो

तपाईंले छुटाउनुभयो कि?