बिराटनगरमा अवैधानिक झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा फहराएको हो ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बिराटनगरमा अवैधानिक  झण्डा, नेपाल सरकारको अनुमतिविना भारतले यो झण्डा  फहराएको हो ।

सारांश

  • १३ भदौ, बिराटनगर ।
  • वरिपरि तारजालीले घेरिएको कम्पाउण्डभित्र एउटा घरमा भारतीय झण्डा फहराइएको छ ।
  • तर, भारतले यो झण्डा नेपाल सरकारको अनुमतिविना फहराएको हो ।

१३ भदौ, बिराटनगर । वरिपरि तारजालीले घेरिएको कम्पाउण्डभित्र एउटा घरमा भारतीय झण्डा फहराइएको छ । तर, भारतले यो झण्डा नेपाल सरकारको अनुमतिविना फहराएको हो ।

भारतको यो हेपाइले एक दशक पार गर्न लागिसक्दा पनि कसैले बोलेको छैन, सोमबार बिराटनगर पुगेका प्रचण्डले बल्ल मुख खोलेका छन् । बिराटनगरमा अबैधानिकरुपमा राखिएको यो भारतीय क्याम्प अफिसले पूर्वीनेपालका चिनियाँ नाकाहरुमा जासुसी गर्नेदेखि लिएर स्थानीय राजनीतिक चलखेलसम्म गर्दै आइरहेको छ ।

परराष्ट्र मन्त्रालयले पत्र नै लेखेर यो अवैध अखडा बन्द गर्न निर्देशन दिँदा समेत भारतीय दूताबासले अहिलेसम्म टेरेको छैन ।

पार्टीको कार्यक्रममा भाग लिन सोमबार बिराटनगर पुगेका पूर्व्प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले स्थानीय पत्रकारहरुलाई प्रतिक्रिया दिँदै बिराटनगरमा रहेको भारतीय क्याम्प अपिस हटाउन आग्रह गरेका छन् ।

कसरी खोलियो अफिस ?

सन् २००८ मा प्रचण्डको नेतृत्वमा सरकार गठन भएकै बेला कोशी नदीमा बाढी आयो । बाढीका कारण पूर्वी नेपालका जनताले काठमाडौं आवत-जावत गर्दा केही समयसम्म भारतको बाटो भएर आवत-जावत गर्नुपर्ने भयो । त्यसरी भारतको बाटो भएर आवत जावत गर्ने नेपाली नागरिकको चेकजाँचका लागि भारतीयहरुले सुनसरीस्थित नेपाली भूमिमा केही टेबल र बेञ्चहरु राखेर चेकपोष्ट खडा गरे ।
विस्तारै कोशीको पानी मथ्थर हुँदै गयो । त्यसपछि कोशी ब्यारेजबाट गाडीहरु चल्न थाले । भारतको बाटो भएर यात्रा गर्नुपर्ने बाध्यता पनि सकियो ।

भारतले चिनियाँहरुको डरका कारण डोक्लामबाट त आफ्ना सैनिक हटायो, तर सानो मुलुकलाई हेपेर खडा गरिएको बिराटनगरको जासुसी अखडाचाहिँ कहिले हटाउला ?

तर, यही प्रयोजनका लागि नेपालमा पोष्ट खडा गरेका भारतीयहरु आफ्नो प्रयोजन पूरा भएपछि भारत फर्किएनन् । बरु उनीहरुले बिराटनगरको वडा नम्बर १७ मा एउटा भव्य भवन भाडामा लिएर आफ्नो देशको झण्डा फहराए ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूताबासलाई पत्र नै लेखेर बिराटनगरको यो अड्डा हटाउन निर्देशन दिइसकेको छ । तत्कालीन परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठका पालामा दिइएको त्यो निर्देशन भारतले अहिलेसम्म टेरपुच्छर लगाएको छैन ।

नेपालमा जासुसी गर्न र राजनीतिक चलखेल गर्नका लागि भारतले यसरी बिराटनगरमा खडा गरेको अवैधानिक अखडा हटाउनेबारे केपी ओली नेतृत्वको सरकारले पनि विगतमा कुनै पहल गरेन । एमाले नेता केपी ओलीले यसबारेमा अहिलेसम्म एक शब्द बोलेका छैनन् ।

स्वयं प्रचण्डले समेत आफू प्रधानमन्त्री भएका बेलामा यसबारे पहल गरेका थिएनन् । तर, अहिले देउवा सरकारका पालामा आएर मात्रै प्रचण्डले यसबारेमा मुख खोलेका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका एमाले उपाध्यक्ष भीम रावलले भने बिराटनगरको अवैधानिक कार्यालय हटाउनुपर्ने स्पष्टरुपमा बताउादै आएका छन् । रावलले वीरगञ्जमा रहेको भारतीय वाणिज्य दूतावाससमेत हटाउन माग गर्दै संसदमै बोलेका छन् । वीरगञ्जको भारतीय वाणिज्य दूताबासले जासुसी एवं राजनीतिक चलखेल गरिरहेको रावलले बताएका छन् ।

प्रमुख दलका नेताहरुले बोले पनि वा नबोले पनि भारतले यसरी बिराटनगरमा स्थापना गरेको अबैधानिक कार्यालय नेपालकको सार्वभौमिकता माथिको ठाडो हस्तक्षेप हो । अझ उसले त्यहाँको कार्यालयलाई हटाउने चर्चा चल्नासाथ केही व्यक्तिहरुलाई पैसा दिएर जुलुस समेत निकाल्ने र भारतीय क्याम्प अफिस चाहिन्छ भन्न लगाउने गरेको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले बिराटनगरमा रहेको भारतीय क्याम्प अफिस हटाउनुपर्ने अभिव्यक्ति त्यसबेला दिएका छन्, जुन दिन भारतीय विदेश मन्त्रालयले डोक्लामबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णय गरिरहेको थियो ।

भारतले चिनियाँहरुको डरका कारण डोक्लामबाट त आफ्ना सैनिक हटायो, तर सानो मुलुकलाई हेपेर खडा गरिएको बिराटनगरको जासुसी अखडाचाहिँ कहिले हटाउला ? हेर्न बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
राप्रपा उम्मेदवार गठबन्धनमा प्रवेश
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
बौद्ध स्तुप छेड्नेलाई कारवाही माग गर्दै जुलुस
बौद्ध स्तुप छेड्नेलाई कारवाही माग गर्दै जुलुस
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई अझै थप पाँच दिन हिरासतमा राख्न अनुमति
गोपाल र अजय इन्काउन्टरबारे चितवन पुगेर बाेले गृहमन्त्रीले
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
राष्ट्रिय पार्टीको दौड: पाँच दलको स्थान सुरक्षित, राप्रपाको सकस र ‘राष्ट्रिय’ मान्यताका फाइदाहरू
महत्वपुर्ण निकाय आफैसँग राख्दा पनि किन झन कमजोर बने प्रम ओली ?
महत्वपुर्ण निकाय आफैसँग राख्दा पनि किन झन कमजोर बने प्रम ओली ?
हम्मरले हान्दा मृत्यु
हम्मरले हान्दा मृत्यु
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा
व्यापारीले लकडाउन उल्लंघन गर्दै व्यवसाय सुरु गरेपछि उपत्यकाका तीनै जिल्लामा सिडियो छलफलमा

तपाईंले छुटाउनुभयो कि?