गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
३७ पटक हेरिएको
Shares
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइने

सारांश

  • काठमाडौँ ।
  • नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ ।
  • आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो ।

काठमाडौँ । नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले गेटामा प्रतिष्ठान नभएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए । गृहजिल्ला कञ्चनपुर क्षेत्र नं २ कांग्रेसका नेताहरुसँग आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने स्पष्ट पारेका हुन् ।

प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेता मन्त्री साउदलाई भेट्न आएका थिए । मन्त्री साउदले प्रतिष्ठान नभएर मेडिकल विश्वविद्यालय नै बन्छ, यसमा सरकार प्रतिबद्ध रहेको बताएको उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको बताए । मन्त्रिपरिषद्बाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसद्मा पठाउने निर्णय भइसकेको छ । प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन
धर्म, संस्कृति र राष्ट्रिय पहिचान जोगाउन सबै एकजुट हुनुपर्छ : लिङदेन
१८औँ एसियन गेम्सका लागि फुटबलतर्फ २० सदस्यीय टोली, काे काे परे ?
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौंः मुख्यमन्त्री शाही
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने
चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने
Border Trade between China and Nepal was restricted by political and security issues
आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !
आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !
लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि
लिभरपुलले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !
आजको आकष्मिक मन्त्रिपरिषद बैठक केही मन्त्रीका लागि अन्तिम बैठक हुन सक्ने !