सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ

सारांश

  • बीबीसी।
  • ब्रिटेनका राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरूबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिएको भन्ने विवरण अस्वीकार गरेका छन्।
  • पूर्वी इङ्गल्यान्डस्थित महारानी एलिजाबेथको सन्ड्रिङ्ग्घम इस्टेटमा शाही सम्मेलन चल्दै गर्दा, राजकुमार विलियम र राजकुमार ह्यारीको पछिल्लो प्रतिक्रिया आएको हो।

बीबीसी। ब्रिटेनका राजकुमार विलियम र राजकुमार ह्यारीले आफूहरूबीचको सम्बन्ध अप्ठ्यारो अवस्थाबाट गुज्रिएको भन्ने विवरण अस्वीकार गरेका छन्।

पूर्वी इङ्गल्यान्डस्थित महारानी एलिजाबेथको सन्ड्रिङ्ग्घम इस्टेटमा शाही सम्मेलन चल्दै गर्दा, राजकुमार विलियम र राजकुमार ह्यारीको पछिल्लो प्रतिक्रिया आएको हो।

पूर्वी इङ्गल्यान्डमा शाही परिवारको एक अभूतपूर्व सम्मेलन चल्दैछ।

यहि बेला केम्ब्रिज र ससिक्सका ड्यूकहरूले विगत दुई वर्षको अवधिमा आफूहरूको सम्बन्धमा चिसोपन आएको भन्ने एक पत्रिकामा आएको विवरण अस्वीकार गरेका छन्।

एक संयुक्त विज्ञप्ति जारी गर्दै राजकुमारद्वय विलियम र ह्यारीले दुई दाजुभाइबीचको सम्बन्ध बिग्रिएको भन्ने समाचार आपत्तिजनक भएको बताएका छन्।

उनीहरूले राजकुमार ह्यारी र उनकी श्रीमती मेगनलाई हेप्ने प्रवृत्ति देखाइएको भन्ने विवरण मानसिक स्वास्थ्यका विषयमा निकै संवेदनशील रहेका दाजुभाइका लागि निकै हानिकारक हुनसक्ने उल्लेख गरेका छन्।

सन्ड्रिङ्ग्घम इस्टेटको शाही बैठकले, आफ्नो शाही भूमिका कम गर्ने र अधिकांश समय विदेशमा बस्ने ड्यूक र डचिस अफ ससिक्सको निर्णयपछि उब्जिएको सङ्कट समाधान गर्ने उद्देश्य लिएको छ।

त्यो शाही बैठकमा महारानी, राजकुमार विलियम, राजकुमार ह्यारी र उनीहरूका पिता प्रिन्स अफ वेल्स राजकुमार चार्ल्स सहभागी हुने कार्यक्रम छ।

राजकुमार ह्यारीकी पत्नी मेगनले फोनमार्फत् क्यानडाबाट छलफलमा भाग लिने अपेक्षा गरिएको छ।

गत हप्ता ह्यारी र मेगन दम्पतीले एउटा विज्ञप्ति जारी गरेपछि उनी क्यानडा गएकी थिइन्।

बीबीसीका शाही संवाददाता जोनी डाइमन्डले सोमवारको बैठकलाई "भविष्यको शाही इतिहास" भनेका छन्।

छलफलबाट ह्यारी र मेगन दम्पतीको राजपरिवारसँग कस्तो सम्बन्ध बाँकी हुन्छ त्यो छलफलबाट निर्धारण हुने अपेक्षा गरिएको छ।

तर बीबीसी संवाददाताका अनुसार कुनै सहमतिमा पुग्न केही समय लाग्न सक्छ।

ह्यारी र मेगनले कति कोष प्राप्त गर्ने, उनीहरूका शाही उपाधि यथावत् रहने कि नरहने र उनीहरूका कस्ता शाही जिम्मेवारीलाई निरन्तरता दिने विषयमा छलफल हुने सम्भावना छ।

(https://hippainhelp.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?