कोरोना भाइरसको केन्द्रबिन्दु वुआनमा संक्रमित वृद्धि सुन्यमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कोरोना भाइरसको केन्द्रबिन्दु वुआनमा संक्रमित वृद्धि सुन्यमा

सारांश

  • जेन्सी, ६ चैत्र ।
  • कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु चीनको वुआनमा संक्रमितको संख्यामा बुधबार कुनै वृद्धि भएन ।
  • यो झण्डै तीन महिनापछिको नयाँ तथ्यांक हो जसले चीनको कोरोना भाइरसविरुद्धको लडाईंलाई सफलतातर्फ पुर्याएको छ ।

जेन्सी, ६ चैत्र । कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु चीनको वुआनमा संक्रमितको संख्यामा बुधबार कुनै वृद्धि भएन । यो झण्डै तीन महिनापछिको नयाँ तथ्यांक हो जसले चीनको कोरोना भाइरसविरुद्धको लडाईंलाई सफलतातर्फ पुर्याएको छ ।

चीनको आधिकारिक धारणा आउने गरेको ग्लोबल टाइम्सका अनुसार भाइरसको केन्द्रबिन्दुमा पहिलोपटक कुनैपनि नयाँ संक्रमित भेटिएनन् । महिनौं लामो संघर्षपछि यो पहिलो उपलब्धि हो ।

वुआनमा मात्र ५० हजार ५ मानिस संक्रमित भएको तथ्यांक छ । वुआनसहित सिंगो हुवे प्रान्तमा ६७८०० मानिस संक्रमित भएको तथ्यांक छ ।
वुआनमा संक्रमित वृद्धि सुन्य हुँदा कोरोना भाइरसको संक्रमणको केन्द्रबिन्दु युरोप बन्दै गएको छ । वुआनबाट शुरु भएको भनिएको कोरोना भाइरस विश्वका सबैजसो देशमा फैलिइसकेको छ । अहिले युरोप र अमेरिका चरम संकटमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?