सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सन्दीपलाई कालोसूचीमा राखेपछि नायिका रिमाले पोखिन आक्रोस

सारांश

  • काठमाडौँ ।
  • क्रिकेटर सन्दीप लामिछानेलाई कालोसुचीमा राखेमा नायिका तथा रियालिटी शो होस्ट रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् ।
  • प्रहरी अनुसन्धानमा रहेका लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेपछि विश्वकर्माले प्रश्न उठाएकी हुन ।

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई कालोसुचीमा राखेमा नायिका तथा रियालिटी शो होस्ट रिमा विश्वकर्माले प्रश्न उठाएकी छन् । प्रहरी अनुसन्धानमा रहेका लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेपछि विश्वकर्माले प्रश्न उठाएकी हुन ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन ‘एउटा अन्तर्राष्ट्रिय स्तरको खेलाडीलाई दोष प्रमाणित हुनु अगाडि नै यसरी कालोसूचीमा राखिनु न्यायपूर्ण छैन ।’

उनले सन्दीप लामिछाने दोषी हुन् वा निर्दोष भन्ने छानबिनपछि मात्रै थाहा हुने उल्लेख गर्दै दोषी ठहर भए कानुन बमोजिम सजाय पाउनुपर्ने पनि बताएकी छन् । फेसबुकमा लेखेकी छन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?