कोरियाबाट पठाइने किट्स आइतबार आउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
कोरियाबाट पठाइने किट्स आइतबार आउने

सारांश

  • सिओल।
  • कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै रु एक करोड बीस लाख संकलन भएको छ।
  • सहयोग संकलन आज पनि चल्ने बताइएको छ।

सिओल। कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने दुई हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत दुई दिनमै रु एक करोड बीस लाख संकलन भएको छ। सहयोग संकलन आज पनि चल्ने बताइएको छ।
एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले  शुक्रबारसम्म चार हजार ५६७   नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४२२ कोरियन वन (झण्डै रु एक करोड बीस लाख ) संकलन भएको जानकारी दिए। सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने बताइएको छ।

दुई दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग  संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ। योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पुर्याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर  नेपाल पु¥याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो।  उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गरिसक्नुपर्ने हुन्छ।  अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ।

दुई हजार किट्स खरीदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरीद गरेर पठाइने योजना एनआरएन कोरियाको छ । त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरीद गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?