पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
१५ पटक हेरिएको
Shares
पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

सारांश

  • चितवन ।
  • पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १५ घण्टापछि सञ्चालनमा आएको छ ।
  • नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

चितवन । पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १५ घण्टापछि सञ्चालनमा आएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । राति १० बजेदेखि अबरुद्ध सडक अहिले १ बजेबाट सञ्चालनमा आएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
आज बिहानैदेखि दुवैतर्फबाट डोजर प्रयोग गरी पहिरो पन्छाउन सुरु गरिएको थियो ।

गत शुक्रबार दिउँसो २ बजेपछि ठाउँ-ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन सुरु भएको थियो । दुई दिनपछि बाटो खुलेको ४ घण्टापछि नै गएराति पुनः पहिरो खसेर अबरुद्ध भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?