झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
झारफुक गर्ने निहुँमा बिरामी महिलामाथि पटक–पटक बलात्कार !

सारांश

  • काठमाडाैँ, १७ कात्तिक ।
  • बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन्।
  •   गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन्।

काठमाडाैँ, १७ कात्तिक । बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन्।  गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारको नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन्। पीडित महिलाका अनुसार सुब्बा थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए झारफूक गरी निको गराइदिने भन्दै पटकपटक बलात्कार गर्ने गरेका थिए। गुरुवाले झारफुक गरेर निको भइहाल्छ कि भनेर शुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ।

उनले भनिन्, ‘रोग निको भइहाल्छ कि भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइन। तर मनमा अति पीडा भएपछि कानूनी न्यायको लागि प्रहरीमा गएको हुँ।’ पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिएकी छन्। पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए । निरीक्षक गौतमका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ।

रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छिन्। पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घर बाहिर कमाउन जाने गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निःशुल्क सम्भाेग गर्न पाइने याे ठाउँ, यस्ताे छ शर्त !
सरकारले ३ सय वटा बिद्युतीय बस किन्ने, ५ देशमा राजदुत सिफारिश
सरकारले ३ सय वटा बिद्युतीय बस किन्ने, ५ देशमा राजदुत सिफारिश
पर्यटकीय स्थलको प्रबर्द्धनका लागि चैत २९ देखि सडक महोत्सव
पर्यटकीय स्थलको प्रबर्द्धनका लागि चैत २९ देखि सडक महोत्सव
गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते
गोली लागेर अमेरिकामा एक जनाको मृत्यु, पाँच घाइते
पत्रकार महासङ्घको साधारण सभा आज, राष्ट्रपतिले उद्घाटन गर्नुहुने
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी
निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने देउवाको चेतावनी
नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
नेपाल संवत्‌ले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
१६०० किमी सडक कालोपत्रे
१६०० किमी सडक कालोपत्रे
आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !
आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा !