एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
एकै घरका पाँच जनामा ज्वरो आएपछि  अस्पताल भर्ना

सारांश

  • सल्यान।
  • वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ।
  •  लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो।

सल्यान। वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ।  लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो।  
भारतमा मजदूरी गरेर यही  चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र  खोकी लाग्न शुरु गरेको थियो । उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ  वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि राति सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको हो। जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको सल्यान अस्पताल सल्यानका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए। “उहाँलाई भारतबाट आउनुँभन्दा एक महिना अगाडिदेखि नै ज्वरो आएको रहेछ, परिवारका अन्य चार जनामा ज्वरो देखिएको छैन, सबैजनाको अवस्था सामान्य रहेको छ”, डा बुढाले भने।
भर्ना भएकाहरुमा कोरोनाको लक्षण नदेखिए पनि सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको डा बुढाले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता
राष्ट्रपति र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता
बागमती प्रदेशको मुख्यमन्त्री बन्दै अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री पौडेलले आजै राजीनामा दिने
‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’
‘साङ्केतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ’
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
पिरतीको  परिभाषा…
पिरतीको परिभाषा…
Hrithik Roshan Upcoming Movies List 2018 / 2019 & 2020 | Hrithik Roshan Movies Calendar
Hrithik Roshan Upcoming Movies List 2018 / 2019 & 2020 | Hrithik Roshan Movies Calendar
भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !
भारतीय प्रम मोदीको भ्रमण, नेपालको लागि डरलाग्दो संकेत नबनोस् !
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
नारायणकाजी श्रेष्ठले राजिनामा दिए तर जिम्मेवारि बाट पन्छिएनन्
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
हवल्दारकाे जागिर खाने यी विवादित प्रहरी उपरीक्षक
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित
निगमका सबै ट्विनटर विमान ग्राउन्डेड, यी जिल्लाका उडान प्रभावित

तपाईंले छुटाउनुभयो कि?